Alag Dhar

कमाउन गएको छोरा दलालको फन्दामा परेपछि…

मकवानपुर । वैदेशिक रोजगारीमा जाँदा दलालको फन्दामा परेर अलपत्र परेका बैतडीका एक युवाको मालदिभ्सबाट सकुशल उद्धार भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी र वैदेशिक रोजगार विभागको पहलमा अलपत्र युवाको सकुशल उद्धार भएको हो ।

दशरथचन्द नगरपालिका–१०, बाराकोटका शङ्करसिंह बिष्टलाई दालले चार लाख रुपियाँ ठगी गरेर मेलेसिया पठाउने भन्दै मालदिभ्स पठाएपछि उहाँकी वृद्ध आमा बिस्नादेवी बिष्टले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको थियो ।

छोराको सकुशल उद्धार गरिदिन वृद्ध आमा रुदै प्रशासनमा आईपुगेपछि वैदेशिक रोजगार विभागमा पत्राचार गरेको करिब एक महिनापछि सकुशल उद्धार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दालाले युवालाई मलेसिया पठाउने भन्दै मालदिभ्सको पीआई एलटिडि नामको कम्पनीमा पुर्‍याएर दुई पासपोर्टसमेत थुतेर महिनासम्म बन्दक बनाइ राखेको भन्ने व्यहोराको उजुरी आयो । उजुरीको व्यहोरा वैदेशिक रोजगार विभागमा लेखी पठायौं । युवाको उद्धार गर्न वैदेशिक रोजगार विभाग र कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले महत्त्वपूर्ण सयोग गरेर युवाको दुई दिन अघि उद्धार गरि काठमाडौँ ल्याइएको छ ।”

छोराको उद्धार भएको खबर सुनेपछि वृद्ध आमा र उहाँकी दिदी प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिन बुधबार जिल्ला प्रशासन कार्यालय पुग्नु भएको छ । खुसीका आँसु झार्दै वृद्ध बिस्नादेवी बिष्टले छोरालाई सकुशल स्वदेश फर्काउन सहयोग गर्ने नेपाल सरकारका सबै निकायलाई धन्यवाद दिनुभयो ।

छोरालाई वैदेशिक रोजगारमा पठाउँदा आठ लाख रुपियाँ ऋणमा डुबेको उहाँले पीडा बताउनुभयो । छोरा बाँचेर फर्केकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले ऋण त दुःखसुख गरेर पनि तिर्न सकिने बताउनुभयो । पछिल्लो समय वैदेशिक रोजगारीमा ठगी हुने गरेका घटना बढेकाले वैदेशिक रोजागारीमा जाने युवाहरु सचेत बन्नु पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

स्वदेशमा कुनै रोजगारी नहुँदा पछिल्लो समय बैतडीबाट वैदेशिक रोजगारीमा जान राहदानी बनाउने युवाको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा बैतडीका करिब दुई हजार युवाले राहदानी बनाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म थप ६२८ जनाले राहदानी बनाएका छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.