Alag Dhar

मकवानपुरको भीमफेदीमा एक व्यक्ति मृत फेला

death

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका –९ मनकामना डाँडास्थित देउराली सामुदायिक वनको बाघमारा क्षेत्रमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

बुधवार दिउँसो बाघमारा बस्ने ४५ वर्षीय राजेश परियार मृत फेला परेको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार परियार आफ्नी श्रीमती बिन्दा परियारसँग घरदेखि उत्तरतर्फ रहेको सामुदायिक वनमा घाँस काट्न जानुभएको थियो ।

उहाँ हर्रोको रुखको फेदमा अडेसो लगाई बसेको अवस्थामा ढल्नुभएको थियो । बाहिरी चोटपटक नदेखिएकाले हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । राजेशसँगै रहनुभएकी श्रीमती बिन्दा परियार बेहोस् अवस्थामा फेला पर्नुभएको छ ।

स्थानीयले उहाँलाई उद्धार गरी घर लगेका छन् । मृतकको मुचुल्कासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब २७ किलोमिटर पश्चिमतर्फ पर्छ ।

मुख्य समाचार

नवजीवन ज्याेति क्लब भवनको  मुख्यमन्त्री  बानियाँद्वारा उदघाट्न

नवजीवन ज्याेति क्लब भवनको  मुख्यमन्त्री  बानियाँद्वारा उदघाट्न

हेटौंडा ।  हेटौडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आफ्नो निजि जग्गामा वागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा...
जनताकाे साथमा बागमती प्रदेश  मुख्यमन्त्री  बानियाँ

जनताकाे साथमा बागमती प्रदेश  मुख्यमन्त्री  बानियाँ

हेटाैडा । बागमती प्रदेशका मुख्यमन्त्री  माननीय  ईन्द्र बहादुर  बानियाँले  बागमती  प्रदेश सरकार सधै जनताकाे साथमा रहेकाे बताउनु भ...
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने, ६ मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एम...
दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.