Alag Dhar

गणित विषयको नतिजा सुधार गर्न शिक्षकलाई तालिम

मकवानपुर । परीक्षामा गणित विषयको नतिजा सुधार गर्न रेसुङ्गा नगरभित्रका निजी तथा सरकारी विद्यालयका गणित शिक्षकलाई शिक्षण कौशलसम्बन्धि तालिम प्रदान गरिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याब्सन गुल्मीको आयोजनामा तालिम प्रदान गरिएको हो । कार्यक्रममा देवान्त पब्लिकेसन प्रालिले सहजीकरण गरेको थियो । पब्लिकेसनका शैक्षिक निर्देशक तथा गणित विषयका लेखक र प्रशिक्षक हुकुमप्रसाद दाहाल, प्रबन्ध निर्देशक जीवन श्रेष्ठ र निर्देशक निर्मलकुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा प्याब्सन गुल्मीमा आबद्ध विद्यालयमा कक्षा १ देखि १० सम्म अध्यापन गर्ने गणित शिक्षकहरूको उपस्थिति रहेको थियो । विद्यार्थीको गणित विषयमा सिकाइ उपलब्धी वृद्धि गर्न अपनाउनुपर्ने उपायबारे शिक्षकलाई प्रशिक्षण दिइएको प्याब्सन गुल्मीले जनाएको छ ।

तालिममा गणित शिक्षणका आधुनिक विधि, सिकाइका चुनौतीहरूको समाधान, कक्षागत प्रभावकारिता अभिवृद्धि तथा अभ्यासमूलक शिक्षणका विभिन्न पक्षहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको प्याब्सन गुल्मीका अध्यक्ष राजु कुँवरले जानकारी दिनुभयो । उहाँले जिल्लाको शिक्षा गुणस्तर वृद्धि हाम्रो साझा जिम्मेवारी भएकाले निजी तथा सरकारी विद्यालयका शिक्षकलाई एकै ठाउँमा तालिम प्रदान गरिएको बताउनुभयो । कुँवरले तालिम उत्साह र उत्कृष्ट सहभागिताका, अत्यन्त उपयोगी, व्यवहारिक तथा प्रेरणादायी भएको बताउनुभयो ।

कार्यक्रम प्याव्सन गुल्मीका अध्यक्ष राजु कुँवरको अध्यक्षता, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता, संस्थाका सदस्य सन्तोष थापाको स्वागत मन्तव्य तथा सचिव देविराम अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

मुख्य समाचार

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्न...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.