Alag Dhar

सवारी दुर्घटनामा ७ जना घाइते

मकवानपुर । रौतहटको यमुनामाई गाउँपालिका–४, स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।

गौर चन्द्रनिगाहपुर सडक खण्डमा बडहर्वा तर्फबाट आउँदै गरेको एचआर २८ डि ७२२२ भारतीय नम्बरको स्कार्पियो गाडीले चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदैगरेको बिआर ०७ पिए ७५८४ भारतीय नम्बरको स्कार्पियोलाई र बाटोमा रोकी राखेको ना. २ ह. ६५२५ नम्बरको अटोलाई ठक्कर दिँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ठक्करले सो ठाउँमा रहेको विजय साहको होटल समेतमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो ।

ठक्करबाट एचआर २८ डि ७२२२ नम्बरको स्कार्पियो चालक बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका –७ का ३० वर्षीय पवन यादव, उक्त स्कार्पियोमा सवार सर्लाही जिल्ला बरहथवा नगरपालिका–१४ का शैलेन्द्र महतोको ११ वर्षीय छोरा अङ्कित महतो, बिआर ०७ पिए ७५्र८४ नम्बरको स्कार्पियो चालक रौतहट गौर नगरपालिका–२ का २४ वर्षीय सुरेन्द्रकुमार साह घाइते हुनुभएको छ ।

यस्तै, सो स्कार्पियोमा सवार रौतहट राजदेवी नगरपालिका–८ का ५० वर्षीय शिवजी साह तथा सोही ठाउँका ५२ वर्षीय रामदयाल साह, ना. २ ह ६५२५ नम्बरको अटोचालक रौतहट यमुनामाई गाउँपालिका–५ का ३९ वर्षीय मङ्गल पटेल तथा उक्त अटोमा सवार रौतहट राजपुर नगरपालिका–३ का नजरुन वस्ताको १० वर्षीय छोरा तारिक वस्ता घाइते भएको उहाँले बताउनुभयो ।

घाइतेहरूलाई प्रादेशिक अस्पताल गौर रौतहटमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ । तीन वटै सवारी साधनहरू प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक बस्यालले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.