Alag Dhar

नेकपाको एकता सभा मंसिर २३ गते हेटौँडामा

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोे बागमती प्रदेशस्तरीय एकता सभा मंसिर २३ गते हेटौंडामा आयोजना हुने भएको छ । विभिन्न वामपन्थी दलहरूबीच एकता भएपछि जनतामा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले यो सभा आयोजना गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य विजय गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार हेटौंडा–४ स्थित हुप्रचौरमा हुने सभालाई पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभाअघि मंसिर २३ गते बिहान हेटौँडाका विभिन्न स्थानहरूबाट ¥याली निकालिने र उक्त र्‍याली हुप्रचौरमा पुगेर सभामा परिणत हुने नेता गौतमले जानकारी दिनुभयो । नेकपाले हाल सातवटै प्रदेशमा प्रदेशस्तरीय एकता सभा सञ्चालन गरिरहेको सन्दर्भमा बागमती प्रदेशको सभा हेटौँडामा हुन लागेको हो ।

नेता गौतमले देश अहिले संकटकालीन अवस्थामा रहेको टिप्पणी गर्नुहुँदै निष्पक्ष निर्वाचनबाट मात्रै मुलुकलाई सही दिशामा लैजान सकिने बताउनु भयो । उहाँले पार्टी एकतालाई सन्देशमूलक ढंगले तल्लो तहसम्म पु¥याउन यो सभा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । यसैबीच एकता प्रक्रियालाई संस्थागत गर्ने क्रममा गत मंसिर ८ गते नेकपाको मकवानपुर जिल्ला कार्यालय समेत उद्घाटन भएको छ । हेटौँडा–५ स्थित साविकको नेकपा माओवादी केन्द्रको भवनलाई नै नेपाली कम्युनिस्ट पार्टीको कार्यालय तोकिएको छ ।

गत कात्तिक २० गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) लगायतका वाम पार्टीहरूबीच ऐतिहासिक एकता घोषणा भएको थियो । उक्त घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको हो ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.