Alag Dhar

‘अपाङ्गता भएकाहरुको प्रतिभालाई मञ्च दिनुपर्छ’

मकवानपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिहरुमा भएको कलात्मक प्रतिभाका लागि मञ्च दिनुपर्ने बताउनुभएको छ ।

ललितपुर महानगरले बुधवार ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले हरेक व्यक्तिमा लुकेको प्रतिभा हुन्छ, सो प्रतिभालाई फक्रने अवसर अभिभावक, शिक्षक तथा स्थानीय तहले योजना र लगानीसहित भौतिक तथा सांस्कृतिक वातावरण तयार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

ललितपुर महानगर प्रमुख महर्जनले ललितपुरका अपाङ्गता भएका व्यक्तिहरुको सुविधाका लागि नयाँ बनेका र पुराना संरचनाहरु समेत अपाङ्गतामैत्री बनाउँदै गएको र यातायातको सुविधा, अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तिकरणका लागि गायन, वाद्यवादन, नृत्य र चित्रकला लगायतका कलात्मक प्रतिभा प्रस्फुटनको अवसरलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताउनुभयो ।

सो अवसरमा ललिपुर महानगरसँगको सहकार्यमा आकार फाउन्डेशनले चित्रकला प्रदर्शनीको आयोजना गरेको थियो । कलाकार कैलाश श्रेष्ठको क्युरेटिङमा आयोजित चित्रकला प्रदर्शनीमा विभिन्न प्रकारका अपाङ्गता भएका बाल कलाकारहरु साइश्री क्षेत्री, कृत अमात्य, रोजन थापा, उत्तम महर्जन, ग्रीनेश तामाङ, मौलिक भण्डारी, प्रनवराज जोशी, सुन्दर श्रेष्ठ, शिला महर्जन, लनी तामाङलगायतका चित्रकलाको प्रदर्शनी गरिएको थियो ।

कला प्रशिक्षक एवं क्युरेटर कैलाश श्रेष्ठले अटिजमलगायत विविध अपाङ्गता भएका बालबालिकामा चित्रकलामा केन्द्रीत हुने, रङ्गसँग खेल्ने, चित्रकलामा आफ्ना भावना व्यक्त गर्न पाउँदा आनन्द मानेर चित्रकला सिर्जना गर्ने क्षमता हुने अनुभव गरेको बताउनुभयो ।

आकार फाउन्डेशन नेपालका संस्थापक अर्चना शाहले अपाङ्गता भएका बालबालिकामा रहेको सिर्जनात्मक क्षमता बढाउने र आर्थिक सशक्तिकरणसँग जोडिने अवसरका लागि फाउन्डेशनले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा विविध अपाङ्गता भएका बालबालिका, किशोर, किशोरीले नृत्य, बाँसुरी, गायनको प्रस्तुति गरेका थिए ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.