Alag Dhar

उत्साहपूर्वक मनाइँदै उधौली पर्व

मकवानपुर । किरात समुदायको प्रमुख सांस्कृतिक पर्व उधौली आज देशभर, विशेषतः पूर्वी पहाडी भूभागमा, हर्षोल्लासपूर्वक मनाइँदै छ ।

किरात समुदायभित्रका लिम्बू, राई, सुनुवार र याख्खा जातिले मङ्सिर पूर्णिमाको दिनलाई चासोक तङनाम (न्वागी) का रूपमा सम्मानपूर्वक मनाउने चलन छ । लिम्बू समुदायमा नयाँ अन्न अर्पण गरी प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने परम्परालाई चासोक तङनाम भनिन्छ ।

त्यसअनुरूप पाँचथर लगायत पूर्वका विभिन्न स्थानमा आज बिहानैदेखि मौलिक नृत्य, गीत–सङ्गीत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । प्रकृतिपूजकका रूपमा परिचित किरात समुदायले आजकै दिन नयाँ अन्न चढाइ न्वागी खानेरी पर्वको मूख्य विधि सम्पन्न गर्छन् ।

फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटी लगायतका पूजनीय स्थलमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । सहभागीले विधिपूर्वक पूजा आराधना गर्दै समृद्धि, स्वास्थ्य र सामूहिक कल्याणको कामना गरेका छन् ।

यसैगरी, हिन्दू धर्मावलम्बीले पनि यो दिनलाई धान्य पूर्णिमाका रूपमा मनाउँदै गोठ पूजा गरेर मनाउदै छन् । किरात र हिन्दू दुबै समुदायका आफ्ना सांस्कृतिक मान्यता अनुसार मनाइने यो दिनले पूर्वी नेपालको बस्तीमा आस्था, उत्सव र सामूहिक उमङ्ग थपेको छ ।

मुख्य समाचार

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । प्रतिनिधिसभा निमामावली...
बुबाले गरे छोराको हत्या

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अन...
चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन ...
सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.