Alag Dhar

भन्सार छलीको सामग्रीसहित तीन गाडी नियन्त्रणमा

मकवानपुर । झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीनवटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो ।

बुधबार अपरान्ह चेकजाँचको क्रममा मे १ च ६८९२, प्र १–०१–००१ च ७५२४ र मे १ च ४०४५ नम्बरका तीन वटा गाडी रोक्दा अवैध सामान फेला परेको खड्काले जानकारी दिनुभयो । सवारीसाधन र चालकसहित ठुलो परिमाणमा रक्सि लगायतका सामग्री बरामद गरिएको प्रहरीको भनाइ छ ।

बच्चाको डाइपर ४१ काटुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन, चुलबुल लेखिएको रक्सी २०० काटुन, गोर्खा बियर १५० काटुन, ओरियो बिस्कुट १६ काटुन, सेलो र विकुल लेखिएको खाने तेल ८० कार्टुन नियन्त्रणमा लिइएको खड्काले बताउनुभयो ।

खड्काका अनुसार सवारीसाधनका चालकहरु अर्जुनधारा –११ बस्ने ४३ वर्षीय दिलिप खड्का, अर्जुनधारा –५ बस्ने ५४ वर्षीय राजाराम खड्का र भद्रपुर –१ बस्ने ४७ वर्षीय उदेन राई सहितलाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालय इटहरीमा बुझाएको खड्काले बताउनुभयो ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.