Alag Dhar

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु

मकवानपुर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।

बुधबार राति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, गएराति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा उनी सवार बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो । उपचारकै क्रममा आज बिहान ४ बजे खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । प्रतिनिधिसभा निमामावली...
बुबाले गरे छोराको हत्या

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अन...
चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन ...
सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.