Alag Dhar

जलेको सिंहदरबारका संरचना चाँडै पुनर्निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गरेकी छन् ।

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुस्ख लागेको बताइन् ।

साथै उनले नेपाल सरकारले यी संरचनाहरूलाई चाँडै पुनर्निर्माण गर्ने विश्वास व्यक्त गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना समेत गरिन् । सिंहदरबार परिसरमा उनले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अवलोकन गराएका थिए ।

कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेकी थिइन् ।

मुख्य समाचार

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हेटौँडा । सरकारका तर्फबाट अनुचित गतिविधिहरु सुधार गर्न भन्दै नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्र...
भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

काठमाडौं । भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ । भारतीय प्रहरील...
आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

काठमाण्डौ । आज ११ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार झापा, उदयपुर, मकवान...
विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.