Alag Dhar

नारायणगढ-बुटवल सडक विस्तार

मकवानपुर । नारायणगढ बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपुर खण्डमा अब एउटा मात्रै पुल निर्माण बाँकी छ । नवलपुर खण्डको गैडाकोटदेखि दाउन्नेको पैँसठ्ठी मोडसम्मको ६५ किलोमिटर क्षेत्रमा पर्ने ३४ वटा ठूलो पुलमध्ये ३३ वटा पुल निर्माणको काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

नवलपुर खण्डमा पर्ने ३४ वटा ठूलो पुलमध्ये अरुणखोला बाहेक सबै पुलको काम सकिएको उहाँले बताउनुभयो । ‘कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा एप्रोच सडकको काम भइरहेकोले अबको केही दिनमै पुल सञ्चालनमा आउँछ । अरुणखोलामा अब थोरै काम काम मात्रै बाँकी छ । पुलको काम लगभग अब पूरा हुने अवस्थामा छ,’ खनालले भन्नुभयो ।

यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गरिएको छ । जसमध्ये अब अरुणखोलाको पुल निर्माण सम्पन्न हुन बाँकी रहेको अन्तिम पुल हो ।

यस खण्डमा निर्माण हुने कल्भर्ट पनि अब दाउन्नेमा मात्रै थोरै काम बाँकी रहेको सूचना अधिकारी खनालले बताउनुभयो । ‘दाउन्नेमा अब दुई वटा कल्भर्ट निर्माणको क्रममा छ । त्यसमा पनि आधा–आधा मात्रै बाँकी छ । अब केही दिनभित्रै निर्माण सकिन्छ,’ खनालले भन्नुभयो । उहाँका अनुसार अहिले पूर्वी खण्डमा मुख्य रुपमा काम गर्न बाँकी रहेको दाउन्ने क्षेत्र र त्यसबाहेकका क्षेत्रमा पनि धमाधम काम भइरहेको छ ।

नवलपुर खण्डमा दाउन्ने बाहेक गैँडाकोटको जय श्री खोलाको पुरानो पुल भएको सडक , चोरमाराको गिरुबारी पुल, अरुणखोला पुल , कावासोतीको केरुङ्गे खोला पुल र दुम्किबासको विनयी खोलाको पूर्वपट्टिको भागमा मात्रै कालोपत्रको काम बाँकी छ । अन्य क्षेत्रमा कालोपत्रको काम सकिएको छ । कालोपत्र सकिएको बजार क्षेत्रमा सर्भिस लेनको कालोपत्र गर्ने काम , सडकबीचको डिभाइडर सफा गर्ने, फाइनल कालोपत्र गर्ने कार्य जारी राखिएको खनालले जानकारी दिनुभयो । दाउन्ने क्षेत्रमा चैतसम्ममा काम सक्नेगरी ढलानको काम चलिरहेको उहाँले बताउनुभयो ।

नारायणगढ–बुटवल सडक विस्तार योजना विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साल साउन २२ गते सम्पन्न गर्नेगरी, एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा, चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक म्याद थप गरेर काम अघि बढिरहेको छ ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.