Alag Dhar

Day: २०८२ मंसिर २५, बिहीबार १०:५१

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

मकवानपुर । सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो । आज नेप्सेमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक किनबेच भएका छन् । कारोबारमा आएका कम्पनीहरूमध्ये ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आज सर्वाधिक कमाउने कम्पनीमा स्वस्तिक लघुवित्त…
Read More
एनपिएल : विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै लुम्बिनी

एनपिएल : विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै लुम्बिनी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा अहिले लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेको लुम्बिनी पहिले ब्याटिङ गर्दैछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो । लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।
Read More
नारायणगढ-बुटवल सडक विस्तार

नारायणगढ-बुटवल सडक विस्तार

मकवानपुर । नारायणगढ बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपुर खण्डमा अब एउटा मात्रै पुल निर्माण बाँकी छ । नवलपुर खण्डको गैडाकोटदेखि दाउन्नेको पैँसठ्ठी मोडसम्मको ६५ किलोमिटर क्षेत्रमा पर्ने ३४ वटा ठूलो पुलमध्ये ३३ वटा पुल निर्माणको काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । नवलपुर खण्डमा पर्ने ३४ वटा ठूलो पुलमध्ये अरुणखोला बाहेक सबै पुलको काम सकिएको उहाँले बताउनुभयो । ‘कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा एप्रोच सडकको काम भइरहेकोले अबको केही दिनमै पुल सञ्चालनमा आउँछ । अरुणखोलामा अब थोरै काम काम मात्रै बाँकी छ । पुलको काम लगभग अब पूरा हुने अवस्थामा छ,’ खनालले भन्नुभयो…
Read More
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको उक्त मुद्दाको पेशी हेर्न नमिल्नेमा परेपछि स्थगित भएको हो। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले गत कात्तिक १३ गतेदेखि पेसी चढ्दै आएको रवि र छविको मुद्दा त्यसयता लगातार स्थगित हुँदै आएको बताउनुभयो। यसअघि मङ्सिर ११ गते तोकिएको पेशी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो। मङ्सिर १८ गते सार्वजनिक बिदा परेको कारण रोकिएको थियो। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा…
Read More
हेटौँडा उपमहानगरपालिकाले  त्रिभुवन राजपथलाई पर्यटकीय मार्ग बनाउन प्रस्ताव

हेटौँडा उपमहानगरपालिकाले त्रिभुवन राजपथलाई पर्यटकीय मार्ग बनाउन प्रस्ताव

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको बुद्ध चोकबाट उत्तरतर्फको खण्डलाई पर्यटकीय राजमार्गको रुपमा विकास गर्न प्रस्ताव गरिएको हो । हेटौँडामा भएको जनप्रतिनिधि र सरोकारवालाहरुको भेलाले राष्ट्रिय राजमार्गको विकल्पमा पर्यटकीय राजमार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्ने निष्कर्ष निकालेको छ । बुद्ध चोकबाट उत्तरतर्फको खण्डमा बस्ती विकास हुँदै गएको र उक्त मार्गमा सरकारको ठुलो लगानीको औचित्य र उपादेशता कम हुनुका साथै प्रतिफलसमेत कम दिने भएको पर्यटन मार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्न स्थानीय सहमत भएका हुन् । पर्यटकीय मार्गको रुपमा अगाडि बढाउन प्रस्ताव गर्दै उक्त…
Read More
पुस १ गतेदेखि बाघ गणना गरिँदै

पुस १ गतेदेखि बाघ गणना गरिँदै

चितवन । आगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइँदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । करिब एक सय ५०…
Read More
सर्लाहीमा नक्कली नोटसहित एक जना पक्राउ

सर्लाहीमा नक्कली नोटसहित एक जना पक्राउ

मकवानपुर । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति खानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
एनपिएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

एनपिएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा साँझ ४स्०० बजे सुरु हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । सुदूरपश्चिम रोयल्स यसअघि फाइनलमा पुगिसकेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनी एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई चार विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो । लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले हराएको थियो । आज विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौका समेत छ । आजको विजेता र सुदूरपश्चिमबिच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।  
Read More
विवाहका लागि घरबाट हिँडेका एक पुरुष मृत फेला

विवाहका लागि घरबाट हिँडेका एक पुरुष मृत फेला

नवलपुर । विवाहका लागि घरबाट हिँडेका एक पुरुष नवलपुरको चोरमारामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती –५ घर भइ हाल कावासोती –३ थारु टोलमा बस्दै आउनुभएका जितबहादुर उपाध्याय आज विहान चोरमाराको उकालोमा मृत फेला पर्नुभएको हो । अत्यधिक जाडोका कारण कठ्यांग्रिएर उहाँको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । उहाँको शरीरमा चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
एडीवीले पुर्व पश्चिम र महेन्द्र राजमार्गको विस्तार कार्यलाई तीव्रता दिने

एडीवीले पुर्व पश्चिम र महेन्द्र राजमार्गको विस्तार कार्यलाई तीव्रता दिने

मकवानपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग र एडीवीले पुर्व पश्चिम र महेन्द्र राजमार्गको विस्तार कार्यलाई तीव्रता दिने भएको छ । सडक विभागको आयोजना निर्देशनालय एडीबीले सूचना जारी गर्दै एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा सञ्चालित विभिन्न सडक आयोजनाहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो । निर्देशनालयकाअनुसार महेन्द्र राजमार्ग अन्तर्गतको हेटौंडा–नारायणगढ र गोन्द्राङ्ग–टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो ‘फ्लाइओभर’ निर्माण गरिने भएको छ । त्यस्तै, राप्ती नदी पुलसम्म खुला तथा जंगल क्षेत्रमा ४ लेन सडक सहित विस्तार गरिने सूचनामा उल्लेख छ । साथै बस्ती तथा बसोबास क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप १–१ लेनको सर्भिस लेन र शहरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.