Alag Dhar

सेयर बजारमा सामान्य गिरावट

मकवानपुर । सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ।

नेप्से परिसूचक १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो । आज नेप्सेमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक किनबेच भएका छन् ।

कारोबारमा आएका कम्पनीहरूमध्ये ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आज सर्वाधिक कमाउने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन् ।

स्वस्तिक सेयर मूल्य १० प्रतिशतले र एसवाई प्यानलको ९.९८ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज ङादी पावर अग्रस्थानमा रहेको छ। यसको १८ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, साहस ऊर्जाको लागि १२ करोड ३५ लाख रुपैयाँको कारोबार हुँदा अन्य स्क्रिपको कारोबार १० करोडभन्दा कम छ । समग्रमा बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.