Alag Dhar

हेटौँडा उपमहानगरपालिकाले त्रिभुवन राजपथलाई पर्यटकीय मार्ग बनाउन प्रस्ताव

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको बुद्ध चोकबाट उत्तरतर्फको खण्डलाई पर्यटकीय राजमार्गको रुपमा विकास गर्न प्रस्ताव गरिएको हो ।

हेटौँडामा भएको जनप्रतिनिधि र सरोकारवालाहरुको भेलाले राष्ट्रिय राजमार्गको विकल्पमा पर्यटकीय राजमार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्ने निष्कर्ष निकालेको छ । बुद्ध चोकबाट उत्तरतर्फको खण्डमा बस्ती विकास हुँदै गएको र उक्त मार्गमा सरकारको ठुलो लगानीको औचित्य र उपादेशता कम हुनुका साथै प्रतिफलसमेत कम दिने भएको पर्यटन मार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्न स्थानीय सहमत भएका हुन् ।

पर्यटकीय मार्गको रुपमा अगाडि बढाउन प्रस्ताव गर्दै उक्त सडक खण्डलाई सडक केन्द्रबाट दायाँबायाँ १६–१६ मिटर मात्र सडक सीमा निर्धारण गर्न सरकारसँग अनुरोध गर्ने गरी भेलामा सहमति भएको हेटौँडा उपमहानगरपालिका वडा नंं. २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले बताउनुभयो ।

सडक डिभिजन हेटौँडाले बुद्धचोकबाट सामरी पुलसम्म दायाँबायाँ २५–२५ गजको सडक सीमाभत्रिका घरटहरा हटाउन सूचना जारी गरी प्रक्रिया अगाडि बढाइएसँगै उक्त मार्ग भएर जाने वडा नम्बर १ र २ का वडाध्यक्षसहित जनप्रतिनिधिहरु र स्थानीयको सहभागिता रहेको सो भेलामा सडक केन्द्र भागबाट दायाँबायाँ १६–१६ मिटर चौडा गर्न प्रभावितहरुले सहमति जनाएका छन् ।

वडाध्यक्ष महर्जनले विकास नागरिकको लागि भएको र विनासले मात्र समृद्धि हासिल गर्न नसकिने भन्दै हेटौँडाको बुद्धचोकबाट त्रिभुवन राजपर्थको उत्तरतर्फ सडक चौडाका नाममा ठुलो लगानी गर्नुको आचित्य पुष्टि हुने आधार नभएकोले सडक केन्द्रबाट १६–१६ मिटर चौडा गर्न उपयुक्त हुने सुझाउनुभयो ।

यस्तै हेटौँडा उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएको वडा नम्बर १ वडाध्यक्ष सविन न्यौपानेले दु्रतमाग बनिसकेपछि त्रिभुवन राजपथमा सवारी साधनको चाप घट्ने र हेटौँडाबाट उत्तरतर्फका पालिकाहरुको बस्तीबाट पलायन बढ्दै गएकोले बुद्धचोकबाट त्रिभुवन राजपर्थको उत्तरतर्फ सडक केन्द्रबाट १६–१६ मिटर चौडा गर्दा पर्याप्त हुने बताउनुभयो ।

उहाँले सडक केन्द्रबाट २५–२५ गज चौडा गर्दा सरकारको लगानीको अनुपातमा कम प्रतिफल प्राप्त हुने भन्दै मितव्ययिता र लाभ अनुपातका आधारमा सडक केन्द्रबाट १६–१६ मिटर चौडा उचित हुने भएकोले उपमहानगरपालिकाले समेत पर्यटन मार्गको अवधारणा अगाडि बढाउन सङ्घीय सरकारसँग आग्रह गर्न प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

त्रिभुवन राजपथको बुद्धचोकबाट उत्तरतर्फ पर्यटकीय मार्ग बनाउन कार्यपालिका बैठकले समेत निर्णय गरेको छ उहाँले भन्नुभयो, आगामी पुसमा बस्ने नगरसभाबाट पारित गरेर सङ्घीय सरकारसमक्ष पेस गर्ने छौं ।

सो क्षेत्रलाई तुलनामा पातलो राज्यबसीमाको सडक सीमाभित्र खण्डभित्रको ई रुपमा सञ्चालन गर्न अनुरोध गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको आइतबार बसेको ७६ औँ कार्यपालिका बैठकले नगर सभा मार्फत संघीय सरकारलाई यस्तो अनुरोध गर्ने निर्णय गरेको हो ।

उहाँले पर्यटकीय मार्ग बनाउँदा नागरिकको भौतिक संरचनामा कम क्षति हुने र सरकारको लगानीका आधारमा उच्चतम प्रतिफलसमेत प्राप्त हुने बताउनुभयो । वडाध्यक्ष महर्जनले सामरी पुलबाट उत्तरतर्फ सडक केन्द्रबाट २५–२५ गज चौडा गर्दा धेरै लागत लाग्ने र सरकारको लगानीको औचित्यसमेत पुष्टि नहुने बताउनुभयो ।

सडक डिभिजन हेटौँडाले एसियन राजमार्गपर्ने हेटौँडा उपमहानगरपालिकाको रातोमाटोदेखि राप्तीपुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरीपुलसम्म सडक सीमा संरक्षण गर्न भन्दै सडक सीमाभित्र रहेका घरटहरा हटाउन सूचना जारी गरेको थियो ।

त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरीपुलसम्म करिब तीन किमि रहेको सडक डिभिजन हेटौँडाले जनाएको छ । यस खण्डमा सडक चौडाका क्रममा हेडम्बी हाइटसम्म सडक डिभिजनले डोजर चलाएको छ भने त्यसबाट उत्तरतर्फ स्थानीय आफैले घरटहरालगायतका संरचनाहरु हटाउने क्रम जारी रहेको छ ।

यसैबिच हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गको रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर सभा मार्फत संघीय सरकारलाई यस्तो अनुरोध गर्ने निर्णय गरेको हो ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.