Alag Dhar

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको उक्त मुद्दाको पेशी हेर्न नमिल्नेमा परेपछि स्थगित भएको हो।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले गत कात्तिक १३ गतेदेखि पेसी चढ्दै आएको रवि र छविको मुद्दा त्यसयता लगातार स्थगित हुँदै आएको बताउनुभयो।

यसअघि मङ्सिर ११ गते तोकिएको पेशी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो। मङ्सिर १८ गते सार्वजनिक बिदा परेको कारण रोकिएको थियो।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको पेशी कात्तिक १३ गतेपछि निरन्तर स्थगित भएको हो।

पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो।

त्यसविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलास जानुभएका लामिछानेको मुद्दामा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुद्दाको मिसिल मगाउने आदेश गरेको थियो।

सर्वोच्चको मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएपछि मङ्सिर ११ गते बिहीबारका लागि पेशी तोकिएको थियो। अदालतले लामिछानेको मुद्दाको सुनुवाइलाई प्राथमिकता दिएर अघि बढाए पनि पेशी निरन्तर स्थगित हुँदै आएको छ।

कात्तिक १३ गते परेको मुद्दाको पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो। त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छविलालसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपियाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको हो।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.