Alag Dhar

आज अन्तर्राष्ट्रिय पर्वत दिवस

मकवानपुर । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवम् वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् ।

राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् । द्रुत गतिमा हिमनदी पग्लिएका छन् । विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् ।

यसैगरी विश्वको एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।

मुख्य समाचार

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिक...
पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

काठमाण्डौं । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्...
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । मह...
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.