Alag Dhar

चितुवा पासोमा फसेको अवस्थामा भेटियो

मकवानपुर । बैतडी जिल्लाको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडी क्षेत्रमा जंगली जनावरका लागि थापिएको पासोमा चितुवा फसेको अवस्थामा फेला परेको छ ।

स्थानीयले थापेको पासोमा करिब तीन वर्षको चितुवा परेको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो ।

चितुवा आइतबार राति पासोमा परेको भएपनि घटना सोमवार बिहान मात्रै थाहा भएको वहाँले जानकारी दिनुभयो । सूचना पाएलगत्तै सिगास सब–डिभिजन वन कार्यालय गाजरीबाट प्राविधिक टोली घटनास्थलमा खटिएको गिरीले जानकारी दिनुभयो ।

चितुवाको अगाडिको दायाँ खुट्टा पासोमा अड्किएको बताएको छ । उद्धार कार्यका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा कञ्चनपुरसँग समन्वय भइसकेको र सम्भवतस् आजै साझ सम्म उद्धार गरिने वन कार्यालयले सुचना अधिकारी नरेशचन्द्रकर्णले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय बैतडीका अनुसार जिल्लामा पासोमा परेका वा घाइते वन्यजन्तुको उद्धारका लागि आवश्यक जनशक्ति र स्रोतसाधन अभाव हुँदा समस्या हुँदै आएको छ ।

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.