Alag Dhar

Day: २०८२ मंसिर २९, सोमबार ११:१७

एमाले अध्यक्षमा ओली र पोखरेलको भिडन्त

एमाले अध्यक्षमा ओली र पोखरेलको भिडन्त

मकवानपुर । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका हुन् । दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले विधान संशोधन गराएर दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहदलाई खारेज गराएका थिए । पोखरेल भने १०औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पदमा रहँदै आएका छन् । उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
Read More
चितुवा पासोमा फसेको अवस्थामा भेटियो

चितुवा पासोमा फसेको अवस्थामा भेटियो

मकवानपुर । बैतडी जिल्लाको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडी क्षेत्रमा जंगली जनावरका लागि थापिएको पासोमा चितुवा फसेको अवस्थामा फेला परेको छ । स्थानीयले थापेको पासोमा करिब तीन वर्षको चितुवा परेको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो । चितुवा आइतबार राति पासोमा परेको भएपनि घटना सोमवार बिहान मात्रै थाहा भएको वहाँले जानकारी दिनुभयो । सूचना पाएलगत्तै सिगास सब–डिभिजन वन कार्यालय गाजरीबाट प्राविधिक टोली घटनास्थलमा खटिएको गिरीले जानकारी दिनुभयो । चितुवाको अगाडिको दायाँ खुट्टा पासोमा अड्किएको बताएको छ । उद्धार कार्यका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा कञ्चनपुरसँग समन्वय भइसकेको र सम्भवतस् आजै साझ सम्म उद्धार गरिने…
Read More
ईश्वर पोखरेलको टिममा मकवानपुरबाट २ नेताको उम्मेदवारी

ईश्वर पोखरेलको टिममा मकवानपुरबाट २ नेताको उम्मेदवारी

मकवानपुर । नेकपा एमालेको ११औं महाधिवेशनमा निर्वाचनको कार्यक्रम भइरहेको छ । नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर आमनेसामने हुँदैछन् । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ११ औँ राष्ट्रिय महाधिवेशनको लागि पोखरेलको प्यानलमा मकवानपुरबाट २ जनाको उम्मेदवारी रहने भएको छ। सार्वजनिक उम्मेदवारको सूचिमा मकवानपुरबाट कृष्ण दाहाल खुल्ला सदस्य र दिलकृष्ण बि।क दलित सदस्यको उम्मेद्धवार बन्ने भएका हुन। अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन् । नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ ।
Read More
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भैरहवा । सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेको नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो । गम्भीर घाइते भएका सो मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल…
Read More
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै

यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो । बङ्गलादेश भने लगातार दोस्रो जितको खोजीमा छ । उ सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो ।
Read More
सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

मकवानपुर । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउले कीर्तिमान बनाएको हो । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गर्दै तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
मनहरीमा शिकारका क्रममा साथीको बन्दुक पड्किँदा एक जनाको मृत्यु

मनहरीमा शिकारका क्रममा साथीको बन्दुक पड्किँदा एक जनाको मृत्यु

मकवानपुर । मनहरी गाउपालिका वडा नम्बर -६ सिस्नेरी पाखामा आइतबार सिकार खेल्न गएका दुई जनामध्ये एकजना ठेस लागेर लड्दा उनले बोकेको भरुवा बन्दुक पड्केर संगै रहेका अर्को साथीको मृत्यु भएको छ । राक्सिराङ गाउपालिका –८ का ४५ वर्षीय गोपाल ब्लोन जंगलमा हिँडिरहँदा लहरामा अल्झेर लड्दा पछाडि सँगै हिँडिरहेका मनहरी–६, बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको मृत्यु भएको छ। प्रहरीका अनुसार, दुवैले भरुवा बन्दुक बोकेका थिए र ब्लोन लड्दा उनको बन्दुक पडिक्एर पछाडि रहेका थिङको मृत्यु भएको हो । ब्लोनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले बताएका छन् ।
Read More
सप्तरीमा आगो ताप्ने क्रममा जलेर  एक महिला गम्भीर घाइते

सप्तरीमा आगो ताप्ने क्रममा जलेर एक महिला गम्भीर घाइते

कल्याणपुर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिमा आगो ताप्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित मिथला टोलमा आगो ताप्ने क्रममा स्थानीय २८ वर्षीया अमृता कुमारी मण्डल गम्भीर घाइते हुनुभएको हो । सोमबार साँझ आफ्नै गाईगोठमा आगो बाली घुर ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा अमृता गम्भीर घाइते हुनुभएको थियो । आगोले उहाँको शरीर ४० प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । गम्भीर घाइते उहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
शितलहरबाट  बाँकेमा   ३५ हजार बढी परिवार प्रभावित हुने पूर्वानुमान

शितलहरबाट बाँकेमा ३५ हजार बढी परिवार प्रभावित हुने पूर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले दिएको जानकारी अनुसार २०८२ का लागि तयार गरिएको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शितलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको जनाउँदै त्यसको सबैभन्दा बढी प्रभाव सहरीभन्दा ग्रामीण क्षेत्रका बासिन्दालाई पर्ने देखिएको बताउनुभयो । उहाँले शितलहरबाट सबैभन्दा बढी प्रभावित हुने पालिकाहरुमा…
Read More
लहान बजार भारतीय तरकारीको भरमा

लहान बजार भारतीय तरकारीको भरमा

लहान। लहान बजारमा स्थानीय तरकारी उत्पादन नभएका कारण भारतीय तरकारीको भरमा चलेको छ । भारतीय बजारबाट आउने तरकारीको सीमा क्षेत्रमा रहेको ठाडी बजारमा जाँच नहुँदा विषदीयुक्त तरकारी खान उपभोक्ताहरुलाई बाध्यता रहेका छन् । बिहानै लहान नगरपालिकाको मुख्य चोकमा तीन भ्यान तरकारी भारतबाट आउने गर्दछ । त्यहि तरकारी लहान धनगडी र गोलबजारसम्म खपत भइरहेको दैनिकी नै बनेको छ । यसवर्ष त स्थानीय तरकारी उत्पादन कम भएकाले ८० प्रतिशत तरकारी भारतीय बजारबाट नै आउने गरेको स्थानीय थोक र खुद्रा व्यापारीहरुले बताएका छन् । यस वर्ष मात्रै होइन, हरेक वर्ष हरेक दिन भारतीय बजारका तरकारी आउने दैनिकी नै रहेपनि यसवर्ष त विगत वर्षको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.