Alag Dhar

लहान बजार भारतीय तरकारीको भरमा

लहान। लहान बजारमा स्थानीय तरकारी उत्पादन नभएका कारण भारतीय तरकारीको भरमा चलेको छ । भारतीय बजारबाट आउने तरकारीको सीमा क्षेत्रमा रहेको ठाडी बजारमा जाँच नहुँदा विषदीयुक्त तरकारी खान उपभोक्ताहरुलाई बाध्यता रहेका छन् ।

बिहानै लहान नगरपालिकाको मुख्य चोकमा तीन भ्यान तरकारी भारतबाट आउने गर्दछ । त्यहि तरकारी लहान धनगडी र गोलबजारसम्म खपत भइरहेको दैनिकी नै बनेको छ । यसवर्ष त स्थानीय तरकारी उत्पादन कम भएकाले ८० प्रतिशत तरकारी भारतीय बजारबाट नै आउने गरेको स्थानीय थोक र खुद्रा व्यापारीहरुले बताएका छन् ।

यस वर्ष मात्रै होइन, हरेक वर्ष हरेक दिन भारतीय बजारका तरकारी आउने दैनिकी नै रहेपनि यसवर्ष त विगत वर्षको तुलनामा रेकर्ड नै कायम भएको एक थोक व्यापारीले बताएका छन् । थोक व्यापारी गुरु दयाल महतोको अनुसार के गर्ने रु कहाँबाट ल्याउने रु स्थानीय किसानहरुले यस वर्ष अहिलेसम्म कोभी, भान्टा, आलु, गोलभेडा, खुर्सानी, साग मूला लगायतका तरकारीहरु बजारमा पुर्याउन नसक्दा भारतीय तरकारी ल्याउनुपर्ने बाध्यता छ ।

स्थानीय किसानहरुले उत्पादन गरेको तरकारी बजारमा आएको भए उपभोक्ताहरुलाई यति चर्को मूल्यमा तरकारी किन्नु पर्दैन्थ्यो । यस वर्ष ढिलो वर्षा भएका कारण यस्तो समस्या देखिएको लहान नगरपालिका कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाइले बताउनुभयो । उहाँका अनुसार कात्तिक अन्तिममा भएको वर्षाले यसवर्ष तरकारी खेतीमा क्षति पुग्यो ।

समयमा मल नपाउनु, सिँचाइको भरपर्दो व्यवस्था नहुनु, उत्पादन बढी हुँदा अति सस्तो मूल्यमा बिक्री गर्नुपर्दा राहत नपाउनु, तरकारी खेतीका लागि कृषि प्रविधिसम्बन्धी पर्याप्त तालिम नपाउदा तरकारी खेतीतर्फ किसान निरास हुँदै तरकारीको पकेट क्षेत्रमा पनि उखु खेती गर्न थालिएको लहान –१३ का कृषक सत्य नारायण यादवले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘तरकारी उत्पादनमा वृद्धि गर्न स्थानीय सरकारले आवश्यक सेवा सुविधा बजार व्यवस्थापन र शीत भण्डारको व्यवस्था गर्न कृषिमा बजेट विनियोजन दायरा बढाउन आवश्यक छ ।’’

भारतीय बजारबाट लहान आइपुग्ने तरकारी ठाडी भन्सारमा विषदी जाँच गर्ने क्वारेन्टाइन नहुँदा तरकारीमा प्रयोग गरिएको विषदी सेवन गर्न बाध्य भएको उपभोक्ताहरुले गुनासो गर्दै आइरहेका छन् । उपभोक्ताहरुको गुनासोलाई कुनै कार्यन्वयन नभएपछि अब गुनासो गर्नु कुनै अर्थ नरहेको लहान २ का जितेन्द्र यादवले सुनाउनुभयो ।

यता सीमा क्षेत्रमा रहेको ठाडी भन्सारका प्रमुख ठाकुरको अनुसार तरकारी जाँचको क्वारेन्टाइन स्थापना नहुँदा चेक जाँच गर्न समस्या रहेका पत्राचार विभागमा गर्दै आइरहेपनि अहिलेसम्म व्यवस्थापन भएको छैन ।

मुख्य समाचार

रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । मह...
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।...
तेस्रो बागमती प्रदेश खेलकुदको उपाधि काठमाडौंलाई, फुटबलमा चितवन र काठमाडौं च्याम्पियन

तेस्रो बागमती प्रदेश खेलकुदको उपाधि काठमाडौंलाई, फुटबलमा चितवन र काठमाडौं च्याम्पियन

हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौंले जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना...
हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.