Alag Dhar

शितलहरबाट बाँकेमा ३५ हजार बढी परिवार प्रभावित हुने पूर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले दिएको जानकारी अनुसार २०८२ का लागि तयार गरिएको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शितलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको जनाउँदै त्यसको सबैभन्दा बढी प्रभाव सहरीभन्दा ग्रामीण क्षेत्रका बासिन्दालाई पर्ने देखिएको बताउनुभयो ।

उहाँले शितलहरबाट सबैभन्दा बढी प्रभावित हुने पालिकाहरुमा नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिका रहेको जनाउँदै नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा अन्य पालिकाभन्दा कम प्रभावित हुने अनुमान गरिएको पनि बताउनुभयो ।

शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा गरिएको पूर्वानुमान अनुसार शितलहरबाट नेपालगन्जमा ८ हजार ५२४ परिवारका ४२ हजार ६२०, कोहलपुर नगरपालिकामा चार हजार १३८ परिवारका २० हजार ६९४ जना, खजुरा गाउँपालिकाका तीन हजार १९३ परिवारका १५ हजार ९६७ जना, जानकी गाउँपालिकाका तीन हजार ८८९ परिवारका १९ हजार ४४८ जना प्रभावित हुने देखिएको छ ।

त्यस्तै, बैजनाथ गाउँपालिकाका तीन हजार ५२० परिवारका १७ हजार ६०३ जना, राप्तीसोनारी गाउँपालिकाका तीन हजार ८७२ परिवारका १९ हजार ३६३ जना, नरैनापुर गाउँपालिकाका चार हजार २१८ परिवारका २२ हजार १३४ जना, डुडुवा गाउँपालिकाका चार हजार २१८ परिवारका २१ हजार ९१ जना शितलहरबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

विपद व्यवस्थापन समितिका अनुसार प्रस्तुत तथ्याङ्क विषेश गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्कता भएका तथा २०७१, २०७४ र २०७९ सालको बाढीबाट पूर्ण प्रभावित परिवार भई घरवारविहीनको तथ्याङ्कको आधारमा रहेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा अधिकांश स्थानमा शीतलहरवाट गरीब समुदायका व्यक्तिहरू नै बढी प्रभावित हुने देखिएको उनिहरुलाई जोगाउनका लागि विभिन्न उपायहरु अवलम्बन गर्ने तयारी गरिएको जनाइएको छ ।

बाँके जिल्ला गर्मीमा अत्यधिक गर्मी हुने, लू चल्ने तथा जाडो मौसममा शीतलहर चलेर अत्यधिक जाडो हुने जिल्लामा पर्दछ । बाँके जिल्लाको अधिकतम तापक्रम ४६ डि.से. र न्यूनतम ४.२ डि.से.सम्म रेकर्ड गरिएको छ । हालसम्म मापन गरिएकोमा अधिकतम वार्षिक वर्षा १९१२ मि.मि., औसत सापेक्षिक आद्रता ७१.४ रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.