Alag Dhar

हेटौंडा अस्पतालमा नवजात शिशुको मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

मकवानपुर । हेटौंडा अस्पतालमा मङ्सिर २५ गते जन्मिएको नवजात शिशुको मृत्यु भएको छ ।

परिवारले अस्पताल प्रशासनको लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छन्।  परिवारका अनुसार सामान्य प्रसूति भएर जन्मिएको शिशु र आमा दुवैको अवस्था सामान्य थियो।

घर जान खोज्दा अस्पतालले नछाडेको र भोलिपल्ट शिशुलाई एनआईसीयुमा भर्ना गरिएको उनीहरूको भनाइ छ। एनआईसीयुमा रहँदा शिशुको नियमित चिकित्सकीय निगरानी नभएको र नर्सहरू समयमै उपस्थित नहुने गरेको आरोप परिवारले लगाएका छन्।

शिशुका बाबु विशाल ओलीका अनुसार पुस १ गते बिहान साढे ३ बजेसम्म दूध खाएर सुतेको शिशुलाई ‘हिटरमा राख्नुपर्छ’ भन्दै न्यानो उपकरणमा राखिएको थियो । उनका अनुसार बिहानको समयमा वार्डमा न त नर्स थिए, न त चिकित्सक नै।

“ढोका ढकढक्याएर बोलाउँदा पनि कोही आएन। पछि जाँच गर्न आएका डाक्टरलाई ‘मान्छे बितिसक्यो, के चेक गर्नु’ भनेपछि फर्केर गए,” उनले भने। केही समयमै शिशुको सास रोकिएको पाइएको परिवारको दाबी छ।

घटनाका बेला वार्डमा नर्स, चिकित्सक कोहि पनि उपस्थित रहेको आरोप पनि लगाइएको छ। कुरुवाहरूका अनुसार हिटरबाट निकाल्दा शिशुको शरीर निलो भइसकेको थियो, जसले अत्यधिक तापक्रम वा उपकरणमा समस्या भएको आशंका जन्माएको छ।

परिवारले अस्पताल प्रशासनलाई जिम्मेवार ठहर गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। यस विषयमा अस्पताल प्रशासनले भने घटनाबारे जानकारी लिइरहेको र आवश्यक छानबिन गरिने जनाएको छ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.