Alag Dhar

Day: २०८२ पुष १, मंगलवार १२:१०

एमाले निर्वाचन : साँझ ७ बजेदेखि मतदान गर्ने निर्णय

एमाले निर्वाचन : साँझ ७ बजेदेखि मतदान गर्ने निर्णय

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मङ्गलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दै छन् । उनीहरू प्यानलै बनाएर भिड्न लागेका हुन् ।
Read More
एमालेको मतदानमा ढिलाइ, प्राविधिक भन्छन्- राति ८ बज्न सक्छ

एमालेको मतदानमा ढिलाइ, प्राविधिक भन्छन्- राति ८ बज्न सक्छ

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुने छाँटकाँट देखिएको छैन । ‘नाम तलमाथि परेको भएर मिलाउनु पर्‍यो । हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्छ । बिहान १० बजेसम्म कोडिङ गर्‍यौं । फेरि तलमाथि परेको सच्याउन नयाँ कोडिङ गर्नुपर्छ । बुथ तयार छ । रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ,’ प्राविधिक लक्ष्मण रिमालले भने । अध्यक्ष…
Read More
राति मतदान नगर्न पोखरेल समूहको आग्रह, समिति भने साँझ ५ बजेभित्रै सुरु गर्ने तयारीमा

राति मतदान नगर्न पोखरेल समूहको आग्रह, समिति भने साँझ ५ बजेभित्रै सुरु गर्ने तयारीमा

काठमाडौं । नेकपा एमालेको निर्वाचन समितिले आजै साँझसम्म मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। स्रोतका अनुसार ईश्वर पोखरेल पक्षले राति मतदान नगर्न आग्रह गरिरहे पनि समितिले भने प्रक्रिया अघि बढाउने अडान लिएको छ। निर्वाचन समितिका एक सदस्यले भने, ुहामीलाई निर्वाचन गराउनुपर्ने बाध्यता छ। त्यसैले जतिखेर पनि मतदान सुरु गर्नुपर्छ भनेर हामी लागिपरेका छौं।ु समितिका अनुसार छिटोमा दिउँसो ४ बजेदेखि र ढिला भएमा पनि साँझ ५ देखि ६ बजेभित्र मतदान सुरु गर्ने गरी तयारी भइरहेको छ।
Read More
तत्काल मतदान सुरु गर्न ईश्वर पोखरेल समूहको माग

तत्काल मतदान सुरु गर्न ईश्वर पोखरेल समूहको माग

काठमाडौँ । नेकपा एमालेको ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ । मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको ईश्वर पोखरेलको आरोप छ । दिउँसो १ बजेदेखि नै मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु हुन नसकिरहेका बेला ईश्वर पोखरेलले तत्काल मतदान सुरु गर्न दबाब बढाएको हो ।
Read More
भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

मकवानपुर । उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बिचमा सात वटा बस एक अर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली-आगरा एक्सप्रेसवेमा बसकोे ठक्करको कारणले उनीहरुको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ ।
Read More
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ। चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ ।
Read More
आज  सुनको  मूल्य घट्यो

आज सुनको मूल्य घट्यो

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको भाउ हालसम्मकै उच्च मूल्य ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको…
Read More
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

मकवानपुर । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Read More
हेटौंडा अस्पतालमा नवजात शिशुको मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

हेटौंडा अस्पतालमा नवजात शिशुको मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

मकवानपुर । हेटौंडा अस्पतालमा मङ्सिर २५ गते जन्मिएको नवजात शिशुको मृत्यु भएको छ । परिवारले अस्पताल प्रशासनको लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छन्।  परिवारका अनुसार सामान्य प्रसूति भएर जन्मिएको शिशु र आमा दुवैको अवस्था सामान्य थियो। घर जान खोज्दा अस्पतालले नछाडेको र भोलिपल्ट शिशुलाई एनआईसीयुमा भर्ना गरिएको उनीहरूको भनाइ छ। एनआईसीयुमा रहँदा शिशुको नियमित चिकित्सकीय निगरानी नभएको र नर्सहरू समयमै उपस्थित नहुने गरेको आरोप परिवारले लगाएका छन्। शिशुका बाबु विशाल ओलीका अनुसार पुस १ गते बिहान साढे ३ बजेसम्म दूध खाएर सुतेको शिशुलाई ‘हिटरमा राख्नुपर्छ’ भन्दै न्यानो उपकरणमा राखिएको थियो । उनका अनुसार बिहानको समयमा वार्डमा न त नर्स…
Read More
एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, प्राविधिक भन्छन्- चार बज्न सक्छ

एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, प्राविधिक भन्छन्- चार बज्न सक्छ

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको छ । तर विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको नामावली तयार पार्नुपर्ने भएकाले पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान हुने प्राविधिकहरुले बताएका छन् । ‘अन्तिम नामावली ढिला गरी राति एक बजे पायौं । अहिले फोटो मिलाउने काम भइरहेको छ,’ भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले भने, ‘मतदान सुरु हुन चार बज्छ होला ।’ उनका अनुसार एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्छ । ‘उम्मेदवार धेरै हुनुहुन्छ ३०–३५ मिनेट त लाग्छ,’…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.