२०८२ पुष २, बुधबार १२:१५
२०८२ पुष २, बुधबार १२:१५
मकवानपुर । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा साढे ७५ लाख भेटी सङ्कलन भएको छ । मंसिर महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार मंसिर महिनामा भक्तजनहरूले ७५ लाख ४९ हजार १०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक सातासम्मको संलकन गरी फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी…