Alag Dhar

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू

मकवानपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्ष पदका उम्मेद्वार केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिला मतदान गरी मतदान प्रक्रिया बिहान साढे ९ बजेदेखि शुरू भएको हो । आज बिहान ८ बजेदेखि शुरू हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरू भएको हो ।

काठमाण्डौको भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधि लाइनमा छन् । यसअघि हिजो बेलुका नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । देशभरबाट आएका २ हजार २ सय ६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदका लागि मत खसाल्नेछन् ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा हुनुहुन्छ । दुवै पक्षका समर्थक आफ्नो प्यानललाई जिताउन लागिपरेका छन् । मतदानको लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ ।

मेसिनको प्रयोगले मतदान प्रक्रिया छिटो हुने अपेक्षा गरिए पनि उम्मेद्वारको लामो सूचीका कारण एक जनाले मत खसाल्न आधा घण्टा भन्दा धेरै समय लाग्ने अनुमान छ । मतदान सकिएलगत्तै मतगणना शुरु हुनेछ ।

मुख्य समाचार

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.