Alag Dhar

हेटौंडा सडक विस्तार: सर्वोच्चमा सुनुवाइ हुँदै

मकवानपुर । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सडक विस्तारविरुद्ध गत मंसिर १६ गते मुद्दा दर्ता गरिएको थियो । रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसमेतले हेटौंडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा रिट निवेदन मागी सुनुवाइ हुनेछ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो। सडक सीमा क्षेत्र २५ २५ मिटर भित्रका संरचना हटाएर सडक विस्तार गर्दा व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको भन्दै उक्त रिट दर्ता गरिएको थियो।

उक्त रिटमाथि मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गर्दै तत्कालका लागि निवेदकका संरचना नहटाउन वा यथास्थितिमा राख्न ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो।

त्यस्तै, मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले सो मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गर्दै आज पुस २ गते का लागि पेशी तोकिएको थियो। उक्त मुद्दामा निवेदकले डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएका छन्।

मुख्य समाचार

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाण्डाै । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबह...
सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ ।  आज बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई ला...
बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

हेटौंडा । बागमती प्रदेशमा करिब दुई वर्षदेखि कायम कांग्रेस–एमाले सत्ता समीकरण अन्त्य हुने भएको छ। नेकपा एमालेले आज सरकारबाट आफ्ना...
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ।  अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.