Alag Dhar

प्रविधिको सहायताबाट कञ्चनपुरमा पहिलो पटक सवारी साधनको गति परीक्षण सुरु

कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी साधनको गति जाँच गर्न ‘राडार स्पिड गन’को प्रयोग गर्न थालेको हो । बजार क्षेत्रमा प्रतिकिलोमिटर ३० को गतिमा सवारी साधन चलाउन पाइन्छ । तर जिल्लाका भिडभाड हुने क्षेत्रमा समेत तीव्र गतिमा सवारी साधन चलाइएको पाइपछि यस पटक ‘राडार स्पिड गन’ को सहायताबाट सवारीसाधनको गति परीक्षणको काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले जानकारी दिनुभयो । उहाँका अनुसार, हाल महेन्द्रनगर बजारमा सवारी साधनहरूको प्रविधिबाट गति परीक्षणको काम भइरहेको छ ।

“यस क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाइरहेको भेटिएपछि गति जाँच गर्नका लागि प्रविधि उपलब्ध गराउन सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो, “जसैअनुरुप सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपकरण उपलब्ध गराएपछि हाल मुख्य सडक तथा सहरमा परीक्षण सुरु गरेका छौँ ।”

महेन्द्रनगर बजार क्षेत्रमा प्रतिकिलोमिटर ५० भन्दा बढीको गतिमा सवारी साधन चलाइरहेका दुई सवारी साधनलाई जरिवाना पनि गरिएको ट्राफिक प्रहरी निरीक्षक नाथले बताउनुभयो । महेन्द्रनगरमा गत मङ्सिर २८ गतेदेखि उक्त प्रविधि प्रयोगमा ल्याइएको हो । जसमध्ये प्रतिकिलोमिटर ५४ को गतिमा चलाइरको कार एक चालकलाई जरिवाना गरिएको छ । यसैगरी प्रतिकिलोमिटर ५९ को गतिमा चलाइरहेको मोटरसाइकल चालकलाई पनि पहिलो पटकका लागि पाँच सय रुपियाँ जरिवाना गरिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हाल सम्म महेन्द्रनगर क्षेत्रमा झन्डै तीन सय सवारी साधनको गति परीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी, ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित विद्यालय, विश्वविद्यालय तथा भीमदत्त नगरपालिकामा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिएको जनाएको छ । सवारी साधन चलाउँदा धेरै गतिमा नचलाउन, सडक वारपार गर्दा जेब्रा क्रसिङबाट यात्रा गर्न तथा मापसे सेवन गरेर सवारी साधन नचलाउन कार्यक्रममा सहभागीहरूलाई आग्रह गरिएको ट्राफिक प्रहरी निरीक्षक नाथले बताउनुभयो ।

मुख्य समाचार

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिक...
पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

काठमाण्डौं । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्...
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । मह...
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.