Alag Dhar

Day: २०८२ पुष ४, शुक्रबार १२:१३

टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर  एक युवकको मृत्यु

टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

मकवानपुर । टिपरबाट माटो झार्ने क्रममा विद्युत्को तारमा छोइएर करेन्ट लाग्दा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–१ मबस्ने २२ वर्षीय श्याम ऋषिदेव रहेका छन् । ग्रामथान गाउँपालिका–१ सरस्वती स्कुलपछाडि नहरको छेउमा टिपरको हाइड्रोलिक उठाई माटो झार्दा विद्युतको तारमा छोइएपछि करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका टिपरका सहचालक श्यामको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ । काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका हुन् । उनले बैठक हलमा केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं आयोजना गर्ने प्रस्ताव राखेका हुन् । आज बसेको केन्द्रीय कमिटीको पहिलो बैठक हो । उक्त प्रस्ताव अहिले निर्णयार्थ पेश भइरहेको छ ।
Read More

सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो। शुक्रबार प्रकाशित सूचनाअनुसार दरखास्त फाराम पुस ११ गतेदेखि माग ११ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ। तोकिएको समयपछि दोब्बर दस्तुर बुझाई माघ १२ गतेदेखि २१ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। अनलाइनमार्फत दरखास्त दिएका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदका आवेदकले माघ २३ गतेभित्र आफूले…
Read More
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उहाँले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताउनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ । बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ । त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँँ ।” सहरी विकासमन्त्री समेत…
Read More
दुई हजार रूपैयाँले घट्यो सुनको मुल्य

दुई हजार रूपैयाँले घट्यो सुनको मुल्य

मकवानपुर ।  शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको…
Read More
प्रविधिको सहायताबाट  कञ्चनपुरमा पहिलो पटक  सवारी साधनको गति परीक्षण सुरु

प्रविधिको सहायताबाट कञ्चनपुरमा पहिलो पटक सवारी साधनको गति परीक्षण सुरु

कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी साधनको गति जाँच गर्न ‘राडार स्पिड गन’को प्रयोग गर्न थालेको हो । बजार क्षेत्रमा प्रतिकिलोमिटर ३० को गतिमा सवारी साधन चलाउन पाइन्छ । तर जिल्लाका भिडभाड हुने क्षेत्रमा समेत तीव्र गतिमा सवारी साधन चलाइएको पाइपछि यस पटक ‘राडार स्पिड गन’ को सहायताबाट सवारीसाधनको गति परीक्षणको काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले जानकारी दिनुभयो । उहाँका अनुसार, हाल महेन्द्रनगर बजारमा सवारी साधनहरूको प्रविधिबाट गति परीक्षणको काम भइरहेको छ । “यस क्षेत्रमा तीव्र गतिमा सवारी साधन…
Read More
चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने

चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने

मकवानपुर । चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने तयारी गरेको छ । टिकटकका प्रमुख शू जि चियूका अनुसार, आधा हिस्सा ओरेकल, सिल्वर लेक र एमजीएक्स लगायतका लगानीकर्ताले राख्नेछन् । सम्झौता अबको एक महिना अर्थात आउँदो जनवरी २२ मा सम्पन्न हुने बीबीसीले जनाएको छ । बाइटडान्सले अमेरिकी व्यवसायमा १९ दशमलव ९ प्रतिशत हिस्सा कायम राख्नेछ भने ओरेकल, सिल्वर लेक र एमजीएक्सले प्रत्येक १५ प्रतिशत हिस्सा राख्नेछन् । बाँकी ३० दशमलव १ प्रतिशत हिस्सा बाइटडान्सका अन्य लगानीकर्ताले राख्नेछन् । यस सम्झौताअन्तर्गत, ओरेकलले टिकटकको सिफारिस प्रणालीको लाइसेन्स पनि पाउनेछ । यो कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ वर्ष अघि सन्…
Read More
इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या

इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या

मकवानपुर । इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा आएर दुई व्यक्तिले ३३ वर्षीय फुटबलर पिनेइटा, उनकी आमा र ग्वायाकिल शहरको उत्तरमा रहेको एक महिलामाथि गोली प्रहार गरेका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इक्वेडरको आन्तरिक मन्त्रालयले घटनाको अनुसन्धान गर्न विशेष प्रहरी एकाइ पठाएको बताएको छ । पिनेडाले आफ्नो व्यावसायिक करियर इन्डिपेन्डेन्टे डेल भ्यालेबाट शुरू गरेका थिए, त्यहाँ उनले सन् २०१० देखि २०१५ सम्म खेलेका थिए । त्यसपछि उनी सन् २०१६ मा तटीय शहर ग्वायाकिलको क्लबमा सरे र त्यहाँ दुई लिग उपाधि जितेका थिए । पिनेडाले सन् २०२२ मा ब्राजिलको फ्लुमिनेन्सबाट पनि खेलेका थिए…
Read More
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

मकवानपुर । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमाबस्ने तय भएको छ। बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने पार्टीका एक नेताले जानकारी दिए। बिहीबार सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ। नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ लिईसकेका छन्।
Read More
आज रवि लामिछाने  थुनामुक्त हुने

आज रवि लामिछाने थुनामुक्त हुने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज थुनामुक्त गर्ने तयारी छ । तुलसीपुर उच्च अदालत बुटवलले हिजो थुनामुक्त गर्न आदेश दिए पनि लामिछाने रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले आज मात्रै थुनामुक्त गर्न लागिएको हो । लामिछानेलाई तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ । उच्च अदालतको आदेशको सक्कल मिसिल आज रूपन्देही जिल्ला अदालत भैरहवा पुगेपछि थुनामुक्त गर्ने प्रक्रिया शुरू हुनेछ । अदालतले उच्चको आदेशबमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.