Alag Dhar

चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने

मकवानपुर । चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने तयारी गरेको छ ।

टिकटकका प्रमुख शू जि चियूका अनुसार, आधा हिस्सा ओरेकल, सिल्वर लेक र एमजीएक्स लगायतका लगानीकर्ताले राख्नेछन् ।

सम्झौता अबको एक महिना अर्थात आउँदो जनवरी २२ मा सम्पन्न हुने बीबीसीले जनाएको छ । बाइटडान्सले अमेरिकी व्यवसायमा १९ दशमलव ९ प्रतिशत हिस्सा कायम राख्नेछ भने ओरेकल, सिल्वर लेक र एमजीएक्सले प्रत्येक १५ प्रतिशत हिस्सा राख्नेछन् ।

बाँकी ३० दशमलव १ प्रतिशत हिस्सा बाइटडान्सका अन्य लगानीकर्ताले राख्नेछन् । यस सम्झौताअन्तर्गत, ओरेकलले टिकटकको सिफारिस प्रणालीको लाइसेन्स पनि पाउनेछ । यो कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ वर्ष अघि सन् २०२४ मा पारित गरेको कानूनलाई कार्यान्वयन नगरी टिकटक बिक्री रोक्ने प्रयासलाई अन्त्य गर्नेछ ।

मुख्य समाचार

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिक...
पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

काठमाण्डौं । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्...
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । मह...
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.