Alag Dhar

सन्दीप बिपीएल खेल्न आज बङ्गलादेश जाने

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग ९बिपीएल० मा भाग लिन आज बङ्गलादेश जानुहुँदैछ ।

सन्दीपले बिपीएलमा राजशाही वारियर्स टोलीबाट प्रतिस्पर्धा गर्नुहुनेछ । सन्दीपलाई एक साताअघि मात्र राजशाहीले अनुबन्ध गरेको थियो ।

सन्दीपले यसअघि पनि सन् २०१८/१९ को सिजन सिलेट सिक्सर्सबाट बिपीएलमा खेल्नुभएको थियो । उहाँले त्यतिबेला ६ खेल खेल्दै चार विकेट लिनुभएको थियो ।

नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिनुभएको छ । उहाँले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।

विराटनगरका कप्तानसमेत रहनुभएका सन्दीप एनपिएलमा १७ विकेट लिँदै सर्वाधिक विकेट कर्ताको पुरस्कार पाउनुभयो । विराटनगर दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

 

मुख्य समाचार

बुबाले गरे छोराको हत्या

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अन...
चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन ...
सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ...
बढ्यो सुनको भाउ, तोलामै २० हजार ५०० रुपैयाँले

बढ्यो सुनको भाउ, तोलामै २० हजार ५०० रुपैयाँले

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा २० हजार ५०० सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.