Alag Dhar

Day: २०८२ पुष ७, सोमबार १२:०८

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताउनुभयो । एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उहाँको भनाइ थियो । “सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उहाँले भन्नुभयो । जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उहाँले बताउनुभयो ।
Read More
सन्दीप बिपीएल खेल्न आज बङ्गलादेश जाने

सन्दीप बिपीएल खेल्न आज बङ्गलादेश जाने

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग ९बिपीएल० मा भाग लिन आज बङ्गलादेश जानुहुँदैछ । सन्दीपले बिपीएलमा राजशाही वारियर्स टोलीबाट प्रतिस्पर्धा गर्नुहुनेछ । सन्दीपलाई एक साताअघि मात्र राजशाहीले अनुबन्ध गरेको थियो । सन्दीपले यसअघि पनि सन् २०१८/१९ को सिजन सिलेट सिक्सर्सबाट बिपीएलमा खेल्नुभएको थियो । उहाँले त्यतिबेला ६ खेल खेल्दै चार विकेट लिनुभएको थियो । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिनुभएको छ । उहाँले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गर्नुभएको थियो । विराटनगरका कप्तानसमेत रहनुभएका सन्दीप एनपिएलमा १७ विकेट लिँदै…
Read More
नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ६५ हजार ३१२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा व्यापार समूहबाहेक अरु सबै समूहको उपसूचक घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ८४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै…
Read More
चिसोले सप्तरीको जनजीवन प्रभावित

चिसोले सप्तरीको जनजीवन प्रभावित

कल्याणपुर । सप्तरीमा एक सातादेखि बढेको चिसोले यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक जाडोसँगै चलेको चिसो हावाले सदरमुकाम राजविराजसहित ग्रामिण भेगका जनजीवन प्रभावित बनेको हो । चिसो बढेको एक साता हुन लाग्दा पनि यहाँको स्थानीयहरुले दाउरा लगायतका सामग्री उपलब्ध गराउन सकेको छैन । चिसो बढेसँगै विद्यालय जाने विद्यार्थी र वृद्धवृद्धा प्रभावित भएका छन् भने चिसो छल्न ग्रामिण भेगमा विहानै देखि घुर तापेर स्थानीयहरु बस्दै आएका हुन् । मौसममा आएको परिवर्तन र लगातार चलिरहेको चिसो हवाका कारण विद्यालयमा विद्यार्थीहरुको उपस्थिति घटेको बताउनुहुन्छ आधारभूत विद्यालय छपकी भथौलका प्रधानाध्यापक शिवनाराण यादव। उहाँले अत्यधिक चिसो बढेको यस्तो बेलामा विपन्न गरिव परिवारका बालबालिकाहरुसँग पर्याप्त…
Read More
आज  विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर…
Read More
गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

मकवानपुर । रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा नगरपालिकाको दमकल र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
Read More
आगलागीमा परेर एक जनाको मुत्यु, एक घाईते

आगलागीमा परेर एक जनाको मुत्यु, एक घाईते

मकवानपुर । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानएको छ । आगलागी हुँदा घरभित्रै रहेकी दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जन आगलागीमा परेको र आगो अत्यन्त तीव्र भएकाले उनलाई बाहिर निकाल्न नपाउँदै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । आगलागीमा ससुरा…
Read More
सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा आज प्रतितोला १३० रुपियाँले बढेर चाँदी प्रतितोला मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार १०५ रुपियाँमा कारोबार भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.