Alag Dhar

चिसोले सप्तरीको जनजीवन प्रभावित

कल्याणपुर । सप्तरीमा एक सातादेखि बढेको चिसोले यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक जाडोसँगै चलेको चिसो हावाले सदरमुकाम राजविराजसहित ग्रामिण भेगका जनजीवन प्रभावित बनेको हो ।

चिसो बढेको एक साता हुन लाग्दा पनि यहाँको स्थानीयहरुले दाउरा लगायतका सामग्री उपलब्ध गराउन सकेको छैन । चिसो बढेसँगै विद्यालय जाने विद्यार्थी र वृद्धवृद्धा प्रभावित भएका छन् भने चिसो छल्न ग्रामिण भेगमा विहानै देखि घुर तापेर स्थानीयहरु बस्दै आएका हुन् ।

मौसममा आएको परिवर्तन र लगातार चलिरहेको चिसो हवाका कारण विद्यालयमा विद्यार्थीहरुको उपस्थिति घटेको बताउनुहुन्छ आधारभूत विद्यालय छपकी भथौलका प्रधानाध्यापक शिवनाराण यादव। उहाँले अत्यधिक चिसो बढेको यस्तो बेलामा विपन्न गरिव परिवारका बालबालिकाहरुसँग पर्याप्त लुगा नहुँदा पनि विद्यालयमा उपस्थिति केही कम भएको बताउनुभयो ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जाडो छल्न दाउरा व्यवस्थापनमा लागि रहेको बताउनुभयो । उहाँले पालिका भरिका वडाको विभिन्न स्थानमा दाउरा वितरण र गरिव तथा विपन्न परिवार र अपाङ्गका लागि कम्बलको पनि व्यवस्थान भईरहेको जानकारी दिनुभयो ।

चिसो बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत युगेशकुमार यादवले बताउनुभयो । उहाँले जिल्लामा रहेका १८ वटै पालिका प्रमुखसँग छलफल भईरहेको र छिट्टै नै बैठक बसेर दाउरा उपलब्ध, न्यायो कपडा वितरण जस्ता आवश्यक निर्णय गरी कार्यान्वय गरिने उहाँले जानकारी दिनुभयो ।

मुख्य समाचार

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाण्डाै । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबह...
सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ ।  आज बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई ला...
बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

हेटौंडा । बागमती प्रदेशमा करिब दुई वर्षदेखि कायम कांग्रेस–एमाले सत्ता समीकरण अन्त्य हुने भएको छ। नेकपा एमालेले आज सरकारबाट आफ्ना...
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ।  अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.