Alag Dhar

शेयर बजार आज पनि सामान्य बढ्याे

मकवानपुर । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ३७ प्रतिशतले बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ ।

आज १ सय ११ वटा कम्पनीको शेयर बढेकोमा १ सय ४२ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज इन्फिनिटी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३२ प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन ग्रामीण विकास लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ४ दशमलव २३ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीको ७२ लाख २४ हजार कित्ता शेयर ३ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।

मुख्य समाचार

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.