Alag Dhar

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन लम्बिने

मकवानपुर । तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ ।

यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार केही दिनयता विशेषगरी तराईका धेरै ठाउँमा हुस्सुरकुहिरो लाग्दै आएको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ ।

आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

काठमाडौं उपत्यकामा हिजो न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री सेल्सियस रहेकोमा आज बिहान पौने ६ बजे ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.