Alag Dhar

लिबियाका सेना प्रमुखसहित उच्च सैनिक अधिकारीको मृत्यु

काठमाडौँ । लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको विमान दुर्घटनामा परी निधन भएको छ ।

लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले टर्कीको राजधानी अङ्कारा नजिकै विमान दुर्घटनाको पुष्टि गर्नुहुँदै राष्ट्रका लागि ठुलो क्षति भएको बताउनुभएको छ ।

टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार फाल्कन ५० प्रकारको व्यावसायिक जेट विमान (टेल नम्बर ९ एच–डीएफजे) अङ्काराको एसिनबोगा विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ८ः१० बजे त्रिपोलीका लागि उडेको थियो ।

उडानको केही समयपछि नै चालक दलले हायमाना क्षेत्र नजिकै आपत्कालीन अवतरणको अनुरोध गरेको थियो । तर साँझ ८ः५२ बजेपछि विमानसँग सम्पर्क टुटेको थियो । टर्कीका सुरक्षा फौजले अङ्काराको हायमाना जिल्लास्थित केसिककावाक गाउँ नजिकै विमानको भग्नावशेष फेला पारेका थिए ।

प्रारम्भिक अनुसन्धानमा विद्युतीय खराबी (इलेक्ट्रिकल फेलियर) कारण दुर्घटना भएको देखिएको छ र तोडफोडको सम्भावना नरहेको टर्की अधिकारीहरूले बताएका छन् ।

लिबियाका सेना प्रमुख अल–हद्दाद टर्कीमा उच्चस्तरीय सैनिक वार्ताका लागि जानुभएको थियो । मङ्गलबार नै उहाँले टर्कीका रक्षामन्त्री यासार गुलेर र टर्कीका सेना प्रमुख सेल्चुक बायराक्तारोग्लुसँग भेटघाट गर्नुभएको थियो ।

दुबै देशबिच सैनिक तथा सुरक्षा सहकार्यलाई मजबुत बनाउने उद्देश्यले यो भ्रमण भएको थियो । निधन हुने अन्य अधिकारीहरूमा स्थल सेनाका प्रमुख मेजर जनरल अल–फितौरी घ्रिबेल, सैनिक उत्पादन प्राधिकरणका निर्देशक ब्रिगेडियर जनरल महमुद अल–कताउइ, सेना प्रमुखका सल्लाहकार मोहम्मद अल–असावी दियाब र सेना प्रमुखको मिडिया कार्यालयका फोटोग्राफर मोहम्मद ओमार अहमद महजुब रहनुभएको छ ।

विमानमा तीन जना चालक दलका सदस्य पनि हुनुहुन्थ्यो र सबैको निधन भएको अनुमान गरिएको छ । प्रधानमन्त्री द्बेइबाहले घटनाको पूर्ण छानबिन गर्ने र टर्कीमा एक प्रतिनिधिमण्डल पठाउने बताउनुभएको छ ।

लिबियाको राष्ट्रिय एकता सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । यो घटनाले लिबियाको सैनिक नेतृत्वमा ठुलो क्षति पुगेको छ । अल–हद्दाद सन् २०२० देखि लिबियाको सेना प्रमुखको रूपमा नियुक्त हुनुभएको थियो र देशको स्थिरताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.