Alag Dhar

Day: २०८२ पुष १०, बिहीबार ११:४५

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् । आज काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका हुन् । शैक्षिक उपाधि पाउनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तरका चार हजार ८६०, दर्शनाचार्य ९एमफिल० का १२० र विद्यावारिधिका १५२ विद्यार्थीले आज दीक्षान्त समारोहमा भाग लिएका हुन् । कार्यक्रममा विभिन्न सङ्कायबाट सर्वोच्च नतिजा ल्याउने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति…
Read More
मोटरसाइकल दुर्घटनामा मदनको मृत्यु

मोटरसाइकल दुर्घटनामा मदनको मृत्यु

मकवानपुर । चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, खगेरी पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार राती ९ बजेर ४५ मिनेटको समयमा भित्री बा.प्र. ०६–००६ प २२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुर्घटनामा कालिका नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय मदन कुमार श्रेष्ठ घाइते भएका थिए । मदनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा राति १० बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
Read More
बैठलस्थलबाट बाहिरिँदै रविले भने– छलफल सकारात्मक भयो

बैठलस्थलबाट बाहिरिँदै रविले भने– छलफल सकारात्मक भयो

  मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक भएको बताएका छन् ।
Read More
रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता

रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता

मकवानपुर । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच वान टु वन वार्ता भएको छ। ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता चलिरहेको हो। यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए। पहिलो चरणमा सबै नेताहरूबिच सामूहिक छलफल भएपछि अहिले दुई जना मात्रै छलफलमा जुटेका हुन् । चुनाव नजिकैसँगै नयाँ शक्तिहरूबिच तालमेलको प्रयास स्वरूप छलफल चलिरहेको छ ।
Read More
भुटनदेवी मावि सामाजिक सुरक्षा कोषमा आबद्ध

भुटनदेवी मावि सामाजिक सुरक्षा कोषमा आबद्ध

मकवानपुर । विद्यालयमा शिक्षक टिकाउन र भविष्यको सुुनिश्चित्त गर्न हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले निजीस्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । देशकै पहिलो सामुदायिक विद्यालयको रूपमा भुटनदेवी माविले दुई शैक्षिकसत्र पूरा गरेका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो । बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले कोषमा आबद्ध ६ जना शिक्षक र ७ जना कर्मचारीलाई परिचयपत्र (कार्ड) वितरण गर्नु भएको थियो । नेपाल सरकारले सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम कोषको स्थापना…
Read More
राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन

राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन

मकवानपुर । राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ। आज बिहान १ बजेको आसपासमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा उनको निधन भएको प्रहरीले जनाएको छ। प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकलमा चढेर उनी विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ। २७ वर्षीय थापा विराटनगर महानगरपालिका–५ का स्थायी बासिन्दा हुन्। दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
Read More
सुन मूल्य  घट्यो

सुन मूल्य घट्यो

मकवानपुर । अघिल्लो दिनको तुलनामा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । तर, बिहीबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको हो । यस्तै बुधबार चाँदीको मूल्य तोलामा २ हजार ४२० रुपैयाँ थियो । बिहीबार भने चाँदीको मूल्य घटेर ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Read More
दैनिक छाक टार्न राप्ती बगरमै सङ्घर्ष

दैनिक छाक टार्न राप्ती बगरमै सङ्घर्ष

मकवानपुर ।  हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई सधैँ दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका राइगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुम्वासी बस्तीमा बस्न बाध्य हुनु भयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन सङ्घर्ष उस्तै छ । भ्लोन र उहाँका श्रीमान् मिलेर दैनिक ज्यालादारी गर्दै परिवार पाल्दै आउनु भएको थियो । “एलानी दस कट्ठा जग्गा थियो, त्यही खेतीपाती गरेर परिवारको गुजारा राम्रो चलिरहेको थियो,” विगत सम्झँदै उहाँले भन्नु भयो, “बाढीले सबै बगायो, अहिले ज्याला मजदुरी गरेरै परिवार पाल्दै आएको छु ।” उहाँको दैनिकी बिहान सात बजे…
Read More
रूस–युक्रेन शान्ति योजनामा नयाँ मोड

रूस–युक्रेन शान्ति योजनामा नयाँ मोड

मकवानपुर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ शान्ति योजनाको विवरण सार्वजनिक गर्नुभएको छ । अमेरिकासँग सहमत २० बुँदे योजनामा युक्रेनको पूर्वी क्षेत्रमा निःशस्त्रीकरण क्षेत्र वा आर्थिक क्षेत्र स्थापना गर्ने प्रस्ताव समावेश गरिएको छ । जसमा युक्रेनमाथि फेरि आक्रमण भएमा अमेरिका, नाटो तथा युरोपेली देशहरूबाट संयुक्त सुरक्षा प्रत्याभूति प्रदान गरिने उल्लेख छ । पूर्वी डोनबास क्षेत्रको सन्दर्भमा उहाँले युक्रेनी सेनाले केही दूरीसम्म भारी हतियार फिर्ता लिएर निःशस्त्रीकरण वा आर्थिक क्षेत्र बनाउन सकिने बताउनुभएको बीबीसीले जनाएको छ । रूसले डोनेत्स्क क्षेत्रको झन्डै एक चौथाइ भूभागबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने अडान…
Read More
आज क्रिसमस दिवस

आज क्रिसमस दिवस

मकवानपुर । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज यस धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस दिवस नेपालमा भने २०६३ सालपछि महोत्सवका रूपमा मनाउन थालिएको हो । दिवसका अवसरमा २०६३ सालदेखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । २०७५ सालदेखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । २०७८ सालदेखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेष गरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.