Alag Dhar

Day: २०८२ पुष १३, आईतवार ११:१७

शेयर बजार बढ्याे

शेयर बजार बढ्याे

मकवानपुर । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २ सय ३८ वटा कम्पनीको शेयर बढेकोमा २१ वटाको घटेको छ । आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ९ प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको…
Read More
मुलुक निर्वाचनमा अघि बढिसक्योः सञ्चार मन्त्री खरेल

मुलुक निर्वाचनमा अघि बढिसक्योः सञ्चार मन्त्री खरेल

मकवानपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश चुनावको बाटो हुँदै समृद्धि, सुशासन र विकासको मार्गमा अघि बढिसकेका बताउनुभएको छ । मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा मन्त्री खरेलले यस्तो बताउनुभएको हो । “मुलुक अब निर्वाचनमा अघि बढिसक्यो । अब कुनै राजनीतिक दल चुनावमा जान्न भन्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “नयाँ दलहर गठबन्धन गर्दै छन्, पुराना दलहरु चुनावमा होमिइसकेका छन् ।” सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले यो हप्ता सघन रुपमा दलहरु र जेनजी प्रतिनिधिसँग छलफल गरी निर्वाचनको तयारी भएको उल्लेख गर्नुभयो । मुख्य राजनीति दलका शीर्ष नेता र…
Read More
मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

मकवानपुर । मवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित सडक खण्डमा बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पैदल यात्री मकवानपुरको मनहरी गाउँपालिका ३ का रघुनाथ पौडेलको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । गत मङ्गलबार मोटरसाइकलको ठक्करबाट घाइते भएका ७० वर्षीय पौडेलको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा शनिबार राति चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । नेवारपानी तर्फबाट बस्तीपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ६४२९ नं.को मोटरसाइकलले पौडेललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा १९ बस्तीपुरका…
Read More
आज अमेरिकी डलरको भाउ बढ्यो

आज अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८…
Read More
सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Read More
रास्वपामा बालेन प्रवेश : सातबुँदे सहमतिसँगै सत्ता साझेदारीको खाका तय

रास्वपामा बालेन प्रवेश : सातबुँदे सहमतिसँगै सत्ता साझेदारीको खाका तय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् । आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सम्झौता भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् सहमति व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि हुनुपर्ने प्रतिक्रिया दिएका हुन् । दुईपक्षबीच पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनपछि प्रधानमन्त्री बालेन हुने सहमति भएको हो । लामिछानेले लेखेका छन्, “सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।” लामिछाने र शाहबीच भएको सातबुँदे सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। सहमतिअनुसार आगामी आम निर्वाचनपछि बन्ने संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारिनेछ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.