Alag Dhar

मुलुक निर्वाचनमा अघि बढिसक्योः सञ्चार मन्त्री खरेल

मकवानपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश चुनावको बाटो हुँदै समृद्धि, सुशासन र विकासको मार्गमा अघि बढिसकेका बताउनुभएको छ । मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा मन्त्री खरेलले यस्तो बताउनुभएको हो ।

“मुलुक अब निर्वाचनमा अघि बढिसक्यो । अब कुनै राजनीतिक दल चुनावमा जान्न भन्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “नयाँ दलहर गठबन्धन गर्दै छन्, पुराना दलहरु चुनावमा होमिइसकेका छन् ।” सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले यो हप्ता सघन रुपमा दलहरु र जेनजी प्रतिनिधिसँग छलफल गरी निर्वाचनको तयारी भएको उल्लेख गर्नुभयो ।

मुख्य राजनीति दलका शीर्ष नेता र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफलले चुनावी वातावरण बनाउन ठुलो सहयोग पुगेको उहाँको भनाइ छ । फागुन २१ को चुनावपछि नयाँ मानक स्थापना गर्दै देश सुशासन, समृद्धि हुँदै सुन्दर भविष्यतर्फ अघि बढ्ने उहाँको विश्वास छ ।

मन्त्री खरेलले अहिले सञ्चार क्षेत्र सङ्कटमा रहेको जनाउँदै समाधानका उपायहरु अवलम्बन गर्न आग्रह गर्नुभयो । सञ्चार माध्यमका सामग्री शक्तिशाली र गहन हुनुपर्नेमा जोड दिँदै उहाँले प्रस्तुतिमा नवीनता दिँदै आधुनिक प्रविधि र उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
“म मिडियाका सङ्कट, चुनौति र अवसरहरुसँग जानकार छु,” मन्त्री खरेलले भन्नुभयो, “देशमा करिब १५ हजार मिडिया हुनु, एउटा पत्रकारका तीन न्युज पोर्टल हुनु कसरी बच्ने रु” देशमा लगानीको वातावरण नहुँदा उद्योग, व्यापार नफस्टाएको उल्लेख गर्दै उहाँले अर्थव्यवस्था नै नचलेको अवस्थामा सञ्चारमा सङ्कट हुनु अनौठो नभएको विचा राख्नुभयो ।

नयाँ मिडिया (न्युमिडिया)लाई न्यु मुलधारको संज्ञा दिँदै परम्परागत सञ्चार माध्यमले पनि नयाँ प्रविधिलाई आत्मसात गर्नुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “अब न्यू मिडियालाई नजरअन्दाज गर्न पाइँदैन । समय बदलियो । पुरानो मिडियाप्रति सम्मान छ तर अबको समय न्यू मिडियाको हो ।” नियमावली बनाएर दर्ता र सूचिकरण गरी न्यू मिडियालाई पहिचान दिइने उहाँले प्रष्ट पार्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीका मुख्य सचिव डन्डुराज घिमिरेले प्रदेश सरकार सञ्चार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । “हामीले सञ्चार ऐन बनाएका छौँ, नियमावली बनाएका छौँ, प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेका छौँ,” उहाँले भन्नुभयो, “जनतालाई सुसूचित गर्न र जनताप्रति जवाफदेही बनाउने मिडियासँग सहकार्य गर्न हामी तयार छौँ ।”

नेपाल पत्रकार महासङ्घ गण्डकी अध्यक्ष रमेश पौडेलले कर्पोरेट र स्वरोजगारमूलक मिडिया धरासायी भएको बताउँदै मिडिया कोषको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले सञ्चार माध्यमलाई उद्योगको मान्यता दिनसमेत आग्रह गर्नुभयो । “सरकारले रक्सी उद्योगलाई उद्योग मान्छ तर मिडियालाई मान्दैन । विद्युतमा छुट छैन,” उहाँले भन्नुभयो । संविधानबमोजिम प्रदेश र स्थानीय तहलाई समेत सञ्चारक अधिकार दिन आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष माधव बरालले पनि धारणा राख्नुभएको थियो ।

छलफल कार्यक्रममा आमसञ्चारका समस्या र समाधानबारे सञ्चार मन्त्रालयका सहसचिव उदयबहादुर रानामगर, सञ्चार माध्यमबारे प्रदेश सरकार र सङ्घ सरकारका अधिकारबारे गण्डकीकी प्रेस रजिष्ट्रार बिमला भण्डारी र सञ्चार माध्यम र विज्ञापनबारे विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले कार्यपत्र पेश गर्ने कार्यक्रम छ ।

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.