Alag Dhar

अन्डाको मूल्य घट्यो

मकवानपुर । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । संघले मंगलबारदेखि लागु हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो ।

अन्डाको मूल्य घटेसँगै चर्को मूल्यमा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत हुने भएको छ । गएको मंसिरमा उच्च भएको अन्डाको मूल्य एक महिनापछि घटाइएको हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नयाँ निर्धारित मूल्य अनुसार अब मध्यम (मिडियम) अन्डाको किसानले पाउने मूल्य प्रतिक्रेट ४ सय ६० रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ५ सय ५० रुपैयाँ रहेको थियो ।

त्यसैगरी ठूलो (लार्ज) अन्डाको मूल्य ५ सय ६५ रुपैयाँबाट घटाएर ४ सय ७५ रुपैयाँ तोकिएको छ ।अन्डाको मूल्यमा गिरावट आउनुमा उत्पादनमा भएको वृद्धि र खपतमा आएको कमी मुख्य कारण रहेको अध्यक्ष विनोद पोखरेलले बताए ।

उनका अनुसार पछिल्लो समय चिसो मौसमका कारण विद्यालय तथा कलेजहरू बिदा हुन थालेपछि अन्डाको नियमित खपत घटेको छ । पर्यटकीय सिजन नभएकाले होटल तथा रेस्टुरेन्टहरूबाट हुने मागमा समेत गिरावट आएको छ ।

‘अहिले बजारमा बुढो भइसकेका लेयर्स कुखुराको बिक्री निकै कम छ,’ उनले भने, ‘अन्डा उत्पादन कम भएपछि विस्थापित गर्नुपर्ने त्यस्ता कुखुराहरू नबिकेर फार्ममै रहँदा अन्डा उत्पादन बढेको छ, तर सोही अनुपातमा बजारमा खपत हुन सकेको छैन ।’

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.