Alag Dhar

Day: २०८२ पुष २२, मंगलवार ०९:४४

एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

काठमाडौँ। नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १/१ जना उम्मेद्वार रहनेगरी कांग्रेससँग सहकार्य गर्नेगरी छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। बैठकले कांग्रेससँग गठबन्धनको सिट टुङ्गो लगाउने र उम्मेद्वार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। कांग्रेससँगको छलफल टुङ्गोमा नपुगेकोले थप छलफल गर्नका लागि अध्यक्ष ओलीलाई जिम्मा दिइने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो। बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटी बनाउने निर्णय गरेको उहाँले बताउनुभयो।
Read More
एमालेले यी नेताहरूलाई तोक्यो प्रदेश संयोजनको जिम्मेवारी

एमालेले यी नेताहरूलाई तोक्यो प्रदेश संयोजनको जिम्मेवारी

मकवानपुर । नेकपा एमाले सचिवालय बैठकले सात वटा प्रदेशमा प्रदेश तथा निर्वाचनसँग सम्बन्धित अन्य काममा संयोजन गर्न जिम्मेवारी तोकेको छ। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आजको सचिवालय बैठकले कोशी प्रदेशको संयोजनको जिम्मा शेरधन राईलाई दिएको छ। मधेस प्रदेशको संयोजन लीलानाथ श्रेष्ठ र बागमती प्रदेशको संयोजनको जिम्मा महेश बस्नेतलाई दिएको छ। त्यस्तै नवगठित प्रदेश राजधानी प्रदेश संयोजनको जिम्मा राजन भट्टराईलाई दिएको छ। गण्डकी प्रदेश संयोजनको जिम्म खगराज अधिकारी र कर्णाली प्रदेश संयोजनको जिम्म यामलाल कँडेललाई दिइएको छ। सुदूरपश्चिम प्रदेश संयोजनको जिम्म गणेश ठगुन्नाले पाएका छन्। संगठन विभागको जिम्मा भानुभक्त ढकालले पाएका छन्।
Read More
अन्डाको मूल्य घट्यो

अन्डाको मूल्य घट्यो

मकवानपुर । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । संघले मंगलबारदेखि लागु हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो । अन्डाको मूल्य घटेसँगै चर्को मूल्यमा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत हुने भएको छ । गएको मंसिरमा उच्च भएको अन्डाको मूल्य एक महिनापछि घटाइएको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नयाँ निर्धारित मूल्य अनुसार अब मध्यम (मिडियम) अन्डाको किसानले पाउने मूल्य प्रतिक्रेट ४ सय ६० रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ५ सय ५० रुपैयाँ रहेको थियो । त्यसैगरी ठूलो (लार्ज) अन्डाको मूल्य ५ सय ६५ रुपैयाँबाट घटाएर ४ सय ७५ रुपैयाँ तोकिएको छ ।अन्डाको…
Read More
सुपर खुदी हाइड्रोपावरको आईपीओ खुल्यो

सुपर खुदी हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा सुपर खुदी हाइड्रोपावरको आईपीओ खुलेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ । आवेदकले न्यूनतम १० तथा अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । अंकित मूल्य १ सयका दरले कम्पनीले ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ । जसमा आयोजना प्रभावित स्थानीयका लागि १५ लाख ५० हजार कित्ता छुट्याइएको छ । स्थानीयबासीले छिटोमा माघ ६ तथा ढिलोमा २१ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावितले बेसीशहरमा रहेका…
Read More
३ हजार १ सय रुपैयाँले बढ्यो सुनको भाउ

३ हजार १ सय रुपैयाँले बढ्यो सुनको भाउ

मकवानपुर । सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ । सुन आज ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा १ सय ९५ रुपैयाँले बढेको छ । चाँदी १ सय ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ १ सय ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय…
Read More
वीरगञ्जमा लम्बियो कर्फ्यु

वीरगञ्जमा लम्बियो कर्फ्यु

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ । धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि मङ्गलबार बिहान एक सूचना जारी गर्दै दिउँसो १ बजेसम्मका लागि कर्फ्यु लम्बिाइएको जिप्रकाले जनाएको हो । प्रजिअ भोला दाहालले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको जानकारी दिनुभयो । उहाँक अनुसार विवादको समाधान खोज्ने प्रयास भइरहेको छ । वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन…
Read More
लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ

मकवानपुर । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्तकुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका…
Read More
रानी वनद्वारा वार्षिकोत्सबको अवसरमा मामाघरलाई खाधान्न सहयोग

रानी वनद्वारा वार्षिकोत्सबको अवसरमा मामाघरलाई खाधान्न सहयोग

मकवानपुर ।  हेटौडा -६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वार्षिकोत्सबको अवसरमा खाधान्न सहयोग गरेको छ । समूहको ३२ औ वार्षिकोत्सवको अवसरमा हेटौडा -११ मा रहेको मामाघर नेपाल मकवानपुरलाई खाधान्न सहयोग गरेको हो । वन समूहका अध्यक्ष केशव धितालले मामाघर नेपालका वार्डेन नवीन सिलवाललाई तेल, पिठो, दाल, मसला, साबुन, मन्जन, बेसार, चिउरा, आलु, काउली, गोलभेडा लगायतका खाधान्न हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा वन समूहका पदाधिकारी , सदस्य,कर्मचारी , मामाघर नेपालमा रहेका भान्जाहरुको उपस्थिति रहेको थियो । हाल मामाघर नेपालमा २२ जना भान्जाहरु रहेका छन ।
Read More
सर्लाहीमा प्रहरीद्वारा गाँजाखेती फडानी अभियान सञ्चालन

सर्लाहीमा प्रहरीद्वारा गाँजाखेती फडानी अभियान सञ्चालन

सर्लाही । लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ र १५ स्थित विभिन्न गाउँमा क्षेत्रमा लगाएको गाँजा प्रहरीले सोमबार नष्ट गरेको हो । चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । जिल्लाको चुरे क्षेत्रमा प्रहरीले मङ्सिरदेखि नै अवैध गाँजाखेती फडानी अभियान चलाएको छ । “उक्त क्षेत्रमा गाँजाखेती भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो”, उनले भने, “नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४० जनाको टोलीले १३ बिघाको गाँजाका बोट फडानी गरेर फर्किएका छन् ।” अवैध लागुऔषध…
Read More
एमाले सचिवालय बैठक आज

एमाले सचिवालय बैठक आज

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको बुझिएको छ । राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.