Alag Dhar

सुपर खुदी हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा सुपर खुदी हाइड्रोपावरको आईपीओ खुलेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ । आवेदकले न्यूनतम १० तथा अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

अंकित मूल्य १ सयका दरले कम्पनीले ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ । जसमा आयोजना प्रभावित स्थानीयका लागि १५ लाख ५० हजार कित्ता छुट्याइएको छ ।

स्थानीयबासीले छिटोमा माघ ६ तथा ढिलोमा २१ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावितले बेसीशहरमा रहेका प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितको सेयर लमजुङको मर्स्याङ्दी गाउँपालिका २, ३ का स्थानीयका लागि ४० प्रतिशत र सोही गाउँपालिकाका वडा नम्बर १,४,५,६,७, ८ र ९ का स्थानीयका लागि ६० प्रतिशत सेयर छुट्याइएको छ ।

त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई १ लाख ५५ हजार कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा पुस २५ र ढिलोमा माघ ६ गतेसम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले लमजुङमा २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत् आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष अनुमान छ ।

असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ छ । ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.