Alag Dhar

परालको टौवामा उम्रिएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

मकवानपुर । परालको टौवामा उम्रिएको च्याउको तरकारी खाँदा गोरखामा एकै परिवारका चार जना बिरामी परेका छन्।

मकवानपुरको बागमती गाउँपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरी र उनका तीन सन्तान विषालु च्याउ सेवनपछि बिरामी परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रहरीका अनुसार सोमबार साँझ घर नजिकै रहेको परालको टौवामा उम्रिएको च्याउ टिपेर तरकारी बनाएर खाएपछि हीरा पहरी, उनका १२ वर्षीय छोरा किसान, ६ वर्षीय छोरा हिमाल र ५ वर्षीया छोरी सुजिता बिरामी परेका हुन्।

च्याउ खाएलगत्तै उनीहरूमा पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल लगिएको थियो। हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार सबै बिरामी बोल्न सक्ने अवस्थामा छन् र स्वास्थ्य अवस्था सामान्यतर्फ उन्मुख रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

मुख्य समाचार

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाण्डाै । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबह...
सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ ।  आज बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई ला...
बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

हेटौंडा । बागमती प्रदेशमा करिब दुई वर्षदेखि कायम कांग्रेस–एमाले सत्ता समीकरण अन्त्य हुने भएको छ। नेकपा एमालेले आज सरकारबाट आफ्ना...
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ।  अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.