Alag Dhar

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ

मकवानपुर । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्तकुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन् ।

त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी घर भई काठमाडौँ चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

लागुपदार्थ सेवनगरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो ।

निजहरूलाई नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा सोमबार अदालतले लागुपदार्थ सेवन कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । उहाँका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

मुख्य समाचार

शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८५ अङ्कले बढेर २ ह...
२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयद्वारा विध्यालयहरूसंगको सहकार्यमा २० जना विपन्न विध्यार्थीलाई निस्शुल्क पढाउने भएको छ । ४ नं. ...
एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगाय...
सुनमा सामान्य गिरावट

सुनमा सामान्य गिरावट

काठमाण्डौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.