Alag Dhar

गैँडाकोट महोत्सव आजदेखि

नवलपरासी । चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको उद्घाटन आज दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्दै छन्।

महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले महोत्सवस्थलमा स्टल निर्माण, मञ्च निर्माण, बाल उद्यान, कृषि परिसर निर्माणसहित सुरक्षा प्रबन्ध तथा अन्य काम सकिएको बताए ।

कँडेलले यस संस्करणको महोत्सवस्थलमा जलपरी, फिस टनेल, ओपेरा हाउस विशेष आकर्षणको रुपमा निर्माण गरिएको जानकारी दिए । महोत्सव सचिवालय संयोजक एवं सङ्घका महासचिव तेजनारायण पाण्डेले सचिवालयले सबै काम पूरा गरी उद्घाटनको तयारीमा जुटेको जानकारी दिए ।

आज बिहान गैँडाकोट नगरपालिकाबाट बृहत् शोभायात्रा निकाली महोत्सव परिसरसम्म आउने गरी तयारी भइरहेको भन्दै पाण्डेले नगरपालिकाभित्रका सबै सङ्घसंस्थालाई पत्राचार गरिएको बताए । शोभायात्रामा सहभागी हुने धार्मिक सङ्घसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुदका सङ्घसंस्था तथा विभिन्न सामाजिक सङ्घसंस्थाले आफ्नो पहिचान झल्किनेगरी झाँकीसहित शोभायात्रामा सहभागिता जनाउने पाण्डेको भनाइ छ ।

सङ्घका वरिष्ठ सदस्य एवं महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको व्यापक प्रचारप्रसार गरिएको बताए । महोत्सवको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सूचना प्रवाहसँगै, राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार तथा ‘ब्यानर’ एवं ‘फ्लेक्स’ निर्माण गरी राखिएको सापकोटाले बताए ।

यसपटकको महोत्सव अरु समयको भन्दा फरक हुने भन्दै सापकोटाले यस महोत्सवले समग्र नवलपुरको पर्यटन क्षेत्रको विकास गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताए । सङ्घका अध्यक्ष एवं महोत्सवका संरक्षक दीपक सापकोटाले किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क प्रदर्शनी र बिक्री गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। “कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकले उत्पादन गरेको कृषिउपजलाई महोत्सवमा निःशुल्क स्टल प्रदान गर्दैछौँ”, उनले भने, “यसले कृषकलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने हाम्रो अपेक्षा छ ।” काउली, मुला, गाजर, साग, बन्दालगायतका सामग्रीहरु कृषकले प्रदर्शनीमा राख्ने उनको भनाइ छ ।

कृषकहरुले उत्पादन गरेका कृषिउपजलाई बजारीकरणमा सहयोग पुर्याउँदै पेसामा टिकाउका लागि उनीहरुको उत्पादन निःशुल्क प्रवद्र्धन गर्न लागिएको सापकोटाले बताए । दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा रु २५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी परिचालनसँगै सिसीटिभी क्यामेराबाट निगरानी, बिमा गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै महोत्सव अवधिभर हरेक दिन स्थानीय तथा ख्याति प्राप्त राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ । महोत्सव अवलोकनका लागि रु १०० को टिकटको व्यवस्था गरिएको छ ।

त्यस्तै विद्यार्थीको लागि रु ७० को टिकटको व्यवस्था गरिएको भन्दै महोत्सव संरक्षक सापकोटाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवं शैक्षिक संस्थाबाट संस्थागत रुपमा चिठी लिएर आउने विद्यार्थीहरुलाई महोत्सव प्रवेश निःशुल्क गरिएको जानकारी दिए ।

मुख्य समाचार

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिक...
पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

काठमाण्डौं । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्...
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । मह...
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.