Alag Dhar

घुम्ती–चिसापानी सडक कालोपत्रे

स्याङ्जा । सडक कालोपत्रे गर्नुपर्ने समय नाघेको एक वर्र्षपश्चात् घुम्ती–चिसापानी सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको छ । सडकको काउले–सालडाँडाखण्ड अन्तर्गत झन्डै आठ किलोमिटर कालोपत्रे गर्ने कामले पछिल्लो समय तीव्रता पाएको हो ।

ट्र्याक खोलेको करिब २५ वर्षपछि घुम्ती–चिसापानी सडकको दोस्रो खण्ड कालोपत्रे गरिएको छ । सम्झौता भएको २७ महिनामा सडक कालोपत्रे सक्ने गरी २०७९ असार १९ गतेबाट निर्माण कम्पनीले काम थालेको थियो । टुन्टी आरएस जेभी निर्माण कम्पनीले २१ करोड ५१ लाख ४८ हजार ७०४ रुपियाँमा सडक निर्माणको जिम्मा पाएको थियो । २०८१ असोज २० गतेसम्म सडक निर्माण सक्नुपर्नेमा चालु आर्थिक वर्ष २०८२/८३ को भदौबाट कालोपत्रे गर्ने कामले गति लिएको हो । सडक फराकिलो र समथर बनाउने, टेवा पर्खाल र नाला निर्माणसँगै गिटी बिछ्याएर सकिएको हो ।

चालु आवको अन्त्यसम्ममा सम्झौता अनुसारको सबै काम सकिने र रकम अभावकै कारण कालोपत्रेको काम अब नरोकिने डिभिजन कार्यालयले जनाएको छ । २७ किलोमिटर लामो सडकको पहिलो खण्ड घुम्ती–काउले खण्डको ५.५ किमी आव २०७७/७८ मा झन्डै १६ करोडको लागतमा पूर्वाधार विकास कार्यालयले कालोपत्रे गरेको थियो ।

आव २०५७/५८ मा नयाँ ट्र्याक खुले पनि सडकको पहिलो खण्ड नै कालोपत्रे हुन झन्डै २० वर्ष लागेको हो । जिल्लाको पूर्वी दक्षिण क्षेत्रका पुतलीबजारसँगै पुरानो बहाकोट, कोल्मा, ओरस्ट, किचनास, मग्याम चिसापानी र चित्रेभन्ज्याङ गाविसका स्थानीयलाई सडक सञ्जालमा जोड्ने गरी सडक निर्माण गरिएको हो ।

सडक बनेपछि पुतलीबजार नगरपालिका–१, २, ८, ९ र बिरुवा गाउँपालिका–३, ४ र ५ तथा हरिनास गाउँपालिका–१, २, ३ र ४ सहित तनहुँ जिल्लाको पश्चिमी क्षेत्र शुक्लागण्डकी, ढोरफिर्दी र राईपुरका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् । सडक निर्माणको सन्दर्भमा नयाँ ट्र्याक खोल्नेमा स्थानीयको तानातान र ट्र्याक खुलेपछि बजेट अभावले समयमै स्तरोन्नति हुन नसकेको सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.