Alag Dhar

चीन भ्रमणपछि कोरियाली राष्ट्रपति जापान जाँदै

मकवानपुर । चीन भ्रमण सकेर फर्किनुभएका दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानका प्रधानमन्त्री साने ताकाइचीसँग वार्ता गर्न आगामी हप्ता जापान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँ मङ्गलबार र बुधबार प्रधानमन्त्री ताकाइचीको गृहनगर नारा पुग्नुहुनेछ ।

यो भ्रमण ताइवान वरपर चीनले हालै गरेको ठूला सैन्य अभ्यास र उत्तर कोरियाले जापान सागरमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको संवेदनशील पृष्ठभूमिमा हुन लागेको हो । सन् २०२५ मा पदभार सम्हाल्नु भएका राष्ट्रपति ली र प्रधानमन्त्री ताकाइची अन्तिम पटक अक्टोबरमा दक्षिण कोरियाको ग्योङ्जुमा आयोजित एपेक शिखर सम्मेलनको अवसरमा भेट्नुभएको थियो ।

गत अगस्टमा प्रधानमन्त्री ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबासँग भेट गरेपछि यो राष्ट्रपति लीको दोस्रो जापान भ्रमण हो । राष्ट्रपति लीले नारा सहरमा प्रधानमन्त्री ताकाइचीसँग शिखर वार्ता र औपचारिक रात्रिभोजमा सहभागी भई क्षेत्रीय तथा विश्वव्यापी विषयमा छलफल गर्नुहुनेछ ।

साथै अर्थतन्त्र, समाज र संस्कृति जस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धीत क्षेत्रमा व्यावहारिक सहकार्य सुदृढ गर्ने उपायबारे पनि विचार–विमर्श हुने राष्ट्रपति कार्यालयले जनाएको छ । यो भ्रमण प्रधानमन्त्री ताकाइचीको पदभारपछि पहिलो औपचारिक द्विपक्षीय भ्रमण भएकाले दुई देशको सम्बन्धलाई भविष्य उन्मुख र स्थिर दिशामा अघि बढाउने अपेक्षा गरिएको छ ।

जापानले १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा गरेको उपनिवेशकालीन शासनसँग जोडिएका विषयका कारण दक्षिण कोरिया-जापान सम्बन्ध लामो समयदेखि संवेदनशील रहँदै आएको छ । अघिल्ला राष्ट्रपति युन सुक येओलले जापानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्नुभएको थियो भने राष्ट्रपति लीले उत्तर कोरियाप्रति तुलनात्मक रूपमा नरम दृष्टिकोण अपनाउँदै दक्षिण कोरिया र जापानलाई ‘आँगन साझा गर्ने छिमेकी’ जस्तै भन्नुभएको छ ।

यसै हप्ता राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुभएको थियो, जुन छ वर्षपछि भएको दक्षिण कोरियाली राष्ट्रप्रमुखको पहिलो चीन भ्रमण हो । बुधबार राष्ट्रपति लीले जापानसँगको सम्बन्ध चीनसँगको सम्बन्ध जत्तिकै महत्वपूर्ण रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रपतिका प्रवक्ता काङ् यु-जुङका अनुसार चीन भ्रमणका क्रममा राष्ट्रपति लीले कुनै पनि संवेदनशील विषय औपचारिक रूपमा उठाउनुभएको थिएन ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.