Alag Dhar

अब गुगल अनुवादमा तामाङ भाषा

मकवानपुर । तामाङ भाषालाई गुगल अनुवादमा लैजाने काम धमाधम भइरहेको छ।

यही फागुनसम्ममा गुगल अनुवादमा लैजाने तयारीका साथ काम भइरहेको तामाङ अनुवाद टोलीका संयोजक एवं तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङले जानकारी दिएका छन्।

बिहिबार पत्रकारहरुको अन्तरकृयामा तामाङलेएक लाख वाक्य गुगलमा प्रवेस गराउने लक्ष्यसहित काम भइरहेको र हाल सम्म ५० हजार तामाङ वाक्यहरुले प्रवेश पाइसकेको जनाए।

उनका अनुसार आउँदो फागुनसम्ममा गुगल अनुवाद प्रणालीमा लैजाने प्रयास भइरहेको हो। काठमाडौं विश्वविद्यालय र तामाङ राष्ट्रिय पुस्तकालयको संयुक्त पहलमा काठमाडौं विश्वविद्यालयप्राविधिक टोली र तामाङ अनुवादक टोलीले अहिले काम गरिरहेको छ।

गुगल रिसर्चका लागि ‘गुगल त्रैभाषिक मिसिन अनुवाद परियोजना’को प्रारम्भिक उद्घाटन पुस ११ गते गरिएको थियो। तामाङ–नेपाली–अंग्रेजी भाषाहरू बिचको अन्तर–अनुवादको लागि यो परियोजना सक्रिय छ।

प्राविधिक पक्षका लागि सूचना तथा भाषा प्रक्रिया, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग, काठमाडौं विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बल र तामाङ अनुवाद पक्षका लागि तामाङ राष्ट्रिय पुस्तकालय (तारापु) का अध्यक्ष योञ्जनबीच सहकार्यको लागि २०८२ साउन ४ गतेमा हस्ताक्षर भएपछि अनुवाद थालिएको थियो।

त्रैभाषिक मिसन अनुवाद मोडल तयारीमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. बल, डा. प्रकाश पौड्याल, रूपकराज घिमिरे र विपेशराज सुबेदी, डुबलिन सिटी विश्वविद्यालयका प्रविन आचार्य र त्रिभुवन विश्वविद्यालयका प्रा.डा.बलराम प्रसाईं छन् भने अनुवाद टोलीमा संयोजक योञ्जनसँगै, इन्द्र तामाङ र अनुवादकहरू पेमाछिरिङ तामाङ, बुद्ध योञ्जन लामा, उदय थिङ, यकिना अगाध र बिनुका लामा छन्।

नेपालका १४ लाखभन्दा बढीले बोल्ने तामाङ भाषा गुगल अनुवाद सेवामा प्रवेश पाएमा तामाङ भाषा विश्व भाषा मञ्चमा उपलब्ध हुनेछ । हालसम्म नेपाली भाषाका अतिरिक्त दुइटा मातृभाषा मैथिली (सन् २०२२) र नेवाभाषा (सन् २०२४) ले मात्र गुगलमा प्रवेश पाएका छन् ।

तामाङ भाषा गुगलमा प्रवेशसँगै विश्वका जुनसुकै स्थानमा बसोबास गरिरहेका प्रयोक्तालाई (१) तामाङ–नेपाली (२) नेपाली–तामाङ (३) तामाङ–अंग्रेजी (४) अंग्रेजी–तामाङ अन्तरअनुवाद सम्भव हुने जनाइएको छ।

दैनिकी र पर्यटन, शिक्षा, सञ्चार र सरकारी कामकाजमा गुगल अनुवादले सहयोग पुरÞ्याउने र भविष्यमा अनुवाद सेवाका साथै सर्च, भ्वाइस सर्च, युट्युब सब–टाइटल आदिमा पनि यसको सेवा विस्तार हुन सक्ने संयोजक अमृत योन्जन तामाङले बताए।

मुख्य समाचार

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.