Alag Dhar

Advertisement

मनासलु क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

सुलीकोट । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनासलु संरक्षण क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढेको छ । हिमाली भेगमा कठ्याङ्ग्रिने जाडो, हिमपात र चिसो हावाको विषम परिस्थितिमा पनि बाह्य पर्यटकको निरन्तर चहलपहलले मनासलु क्षेत्रको पर्यटन गतिविधि चलायमान बनेको छ ।

उत्तरी गोरखाको मनासलु हिमाल, लार्केपास, बुढीगण्डकी उपत्यका, तिब्बती संस्कृतिले भरिएको बस्ती र अनुपम प्राकृतिक दृश्यावलोकनका कारण जाडोयाममा समेत पर्यटक आकर्षित भएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाका सूचना अधिकारी भुवन ओझाले बताउनुभयो ।

विशेष गरी साहसिक पदयात्रा मन पराउने विदेशी पर्यटकका लागि जाडो मौसम चुनौतीपूर्ण भए पनि रोमाञ्चक हुने भएकाले विदेशी पर्यटक मनासलु संरक्षण क्षेत्रमा आउने गरेका मनासलु संरक्षण क्षेत्र गोरखाले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष जाडोयाममा आउने पर्यटकको सङ्ख्या बढेको कुरा सूचना अधिकारी ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मनासलु सर्किट ट्रेकिङ विश्वको उत्कृष्ट ट्रेकिङ गन्तव्यमध्ये एक नम्बरमा चिनिँदै गएकाले बर्संैभरि पर्यटकको रोजाइमा परेको उहाँले बताउनुभयो ।”

हिमालपारिको गाउँपालिका चुमनुब्री गाउँपालिका क्षेत्रका होटेल, होमस्टे तथा लजमा जाडोमा पनि पर्यटकको चहलपहल बढिरहेको कुरा साम्दोका होटेल व्यवसायी निमा दोर्जेले बताउनुभयो । उहाँले भन्नुभयो, “जाडोमा पनि पर्यटक आएपछि आम्दानीको स्रोत टिकिरहनुका साथै स्थानीय रोजगारीमा समेत सकारात्मक प्रभाव पारेको छ ।”

गत वर्षको पुसमा विदेशी पर्यटक शून्य जस्तै थियो तर यस पटक भने चहलपहल बढेको छ । साम्दोस्थित अर्का होटेल सञ्चालक फुर्जादोर्जे लामाले भन्नुभयो, “यस वर्षको पुसमा विदेशी पर्यटकको चहलपहल बढी नै देखिएकाले होटेल, होमस्टे व्यवसाय बन्द गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।”

पर्यटन व्यवसायी सुरक्षित यात्रा, अनुभवी पथप्रदर्शक र आवश्यक तयारीका साथ मनासलु क्षेत्र भ्रमण गर्न पर्यटकलाई आग्रह गरिएको पर्यटन व्यवसायी सानेबहादुर गुरुङले बताउनुभयो । गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्म छ हजार पर्यटकको आगमन भएको थियो ।

आव २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा विदेशी पर्यटक नौ हजार ३६० मध्ये पुरुष पाँच हजार २९७ जना र चार हजार ६१ जना महिला पर्यटक मनासलु संरक्षण क्षेत्र पुगेका मनासलु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाले जनाएको छ ।

त्यसै गरी नेपाली पर्यटक २५० जनामध्ये पुरुष २१९ जना र महिला ३१ जना मनासलु संरक्षण क्षेत्र पुगेका मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप­) गोरखाका सूचना अधिकारी ओझाको भनाइ छ । उत्तरी गोरखाको मनासलु क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक यात्राको सङ्गम बनेको जाडोमा पनि पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हँुदै आएको मनासलु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाका प्रमुख सन्तोष शेरचनले बताउनुभयो ।

Advertisement
Advertisement

समाचार

मुख्य समाचार

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार क...
ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई ...
तीन वटा फर्मलाई जरिवाना

तीन वटा फर्मलाई जरिवाना

काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेक...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.