Alag Dhar

आज रातिदेखि मौसम बदली भएर भोलि र पर्सि वर्षा र हिमपातको सम्भावना

मकवानपुर । आज रातिदेखि मौसम बदली भएर भोलि र पर्सि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज रातिदेखि नै पश्चिमी भेगबाट बादल लाग्न शुरु भइ भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् सन्दीप अधिकारीका अनुसार भोलि पश्चिमी तराईका केही ठाउँमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

यो प्रणाली पर्सि बुधवारसम्म बागमती र कोशी प्रदेशसम्म फैलिने र धेरै ठाउँमा हल्का वर्षा र हिमपात हुने अनुमान छ । काठमाडौं उपत्यकामा पनि पर्सि बुधवार पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो ।

पर्सि बुधवार बेलुकीदेखि मौसममा सुधार आउनेछ । यसअघि गएको शुक्रवार र शनिवार पनि मौसम बदली भएर पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात भएको थियो ।

आज दिनभर कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र गण्डकीका बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।

मुख्य समाचार

बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

हेटौंडा। बागमती प्रदेश विश्वविद्यालयले परीक्षा सम्पन्न भएको एक सातामै पहिलो सेमेष्टरको नतिजा सार्वजनिक गर्दै समयमै परीक्षाफल प्रका...
हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा । हेटौंडा र काठमाडौं जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–फाखेल सडकको बन्द अवधि थपिएको छ। यसअघि असार १५ गतेसम्म पूर्ण रूपमा...
हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.