Alag Dhar

आज सुनको भाउमा गिरावट

काठमाडौं । यो साता लगातार नयाँनयाँ रेकर्ड कायम गर्दै बढिरहेको सुनको भाउ शुक्रबार ह्वात्तै घट्यो । नेपाली बजारमा बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यसको दोस्रो दिन शुक्रबार नै तोलामा २० हजार पाँच सय रुपैयाँले नै घटेर तीन लाख १८ हजार ८०० मा झरेको थियो ।

सुनचाँदीको भाउमा यसरी तलमाथि हुने प्रक्रियामा नेपाली बजारको मात्रै भूमिका हुँदैन । यसको अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्ध हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म सुनको भाउ प्रतिऔँस पाँच हजार छ सय डलरसम्म पुगेको थियो । शुक्रबार त्यो झरेर चार हजार ८९५ डलरसम्म पुगेको छ । यसरी नयाँ नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको सुनको भाउमा एकाएक भारी गिरावट आएपछि विश्व बजारमा व्यापक चासो र चिन्ता बढेको छ ।

विश्लेषकहरूले अमेरिकी डलर ‘बलियो’ भएपछि सुनको मूल्यमा गिरावट आएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ(फेड)को प्रमुखमा केभिन वार्सलाई मनोनयन गरेपछि फेडको राजनीतिक स्वतन्त्रता सम्बन्धी चिन्ता घटाएकाले डलर बलियो हुनपुगेको विश्लेषकहरूको मत छ ।

यसअघि ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि एक वर्षमा डलर सूचकांक १० प्रतिशतले घटेको थियो । यही कारण पनि सुनको मूल्य बढ्नमा भूमिका खेलेको विज्ञहरूको बुझाइ छ । ट्रम्पको आगमनपछि बढेका भूराजनीतिक तनाव, आर्थिक अनिश्चितता लगायतका कारण लगानीकर्ताको ध्यान डलरबाट टाढिँदै सुन तथा धातुतर्फ तानिएको थियो ।

सुन लामो समयसम्म सुरक्षित राख्न सकिने सम्पत्ति भएकाले अनिश्चितता बढ्दा लगानीकर्ता त्यसको संग्रहतिर लाग्ने गर्छन् । बिहीबारसम्मका १२ महिनामा सुनको मूल्य झण्डै ९० प्रतिशतले बढेको थियो ।

अहिले फेडको नेतृत्वमा वार्स मनोनयन भएपछि एकैदिन शुक्रबार अमेरिकी डलर सूचकांक ०.९ प्रतिशतले बढेको छ । डलर मजबुत हुनथालेपछि लगानीकर्ताको ध्यान त्यतातर्फ पनि तानिन थालेको विश्लेषकहरूले बताएका छन् ।

निकट भविष्यमा अझै सुनको भाउले थप उतारचढाव बेहोर्नसक्ने विश्लेषकहरूको मत छ । केही वैश्विक आर्थिक र भूराजनीतिक जोखिमहरू सन् २०२६को अन्तसम्म कम हुनसक्ने सम्भावना देखिएको छ । जसले सुनको भाउ कम हुनसक्ने अनुमान छ ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.