Alag Dhar

Day: २०८२ माघ १७, शनिबार ०८:५१

सपना पूरा गर्न अक्षयकोष: असहाय विद्यार्थीको लागि चार लाख

सपना पूरा गर्न अक्षयकोष: असहाय विद्यार्थीको लागि चार लाख

असहाय विद्यार्थीलाई सघाउने उद्देश्यले ऋषिङ गाउँपालिका–२ काहुँशिवपुरस्थित सहिद गङ्गा माध्यमिक विद्यालयमा रु चार लाख दुई हजारको अक्षयकोष स्थापना गरिएको छ । शुक्रबार आयोजित विद्यालयको ९९औँ वार्षिक साधारणसभाले अक्षयकोष स्थापना गरेको हो । पूर्वसांसद रणेन्द्र बरालीले आफ्ना स्वर्गीय मातापिता झिमलाल र अमृता बरालीका नाममा प्रदान गरेको रु दुई लाखबाट अक्षयकोष स्थापना गरिएको हो । यसैगरी, स्वर्गीय बुद्धि श्रेष्ठ र पूर्णमान श्रेष्ठको सम्झनामा उनीहरुका जेठा छोरा टङ्कनारायण श्रेष्ठले रु दुई लाख दुई हजारको अक्षयकोष स्थापना गरेका हुन् । सोही विद्यालयका पूर्व विद्यार्थी डम्बर बराइलीले रु ४० हजार बराबरको २० थान मेच खरिद गरिदिएका छन् । अर्का पूर्वविद्यार्थी नरजुन बरालीले बरालीले दलित तथा…
Read More
शंकर पोखरेल मतदातासँग प्रत्यक्ष संवादमा

शंकर पोखरेल मतदातासँग प्रत्यक्ष संवादमा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेकपा (एमाले) महासचिव शंकर पोखरेलले मतदातासँगको भेटघाट बढाएका छन् । उनी दाङका मतदातासँग संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुगेका हुन् । घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाटमा उनले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा तयार पारेका विकासका काम र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग बहस सुरु गरेका हुन् । पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा होमिएको बताए ।…
Read More
आज सुनको भाउमा गिरावट

आज सुनको भाउमा गिरावट

काठमाडौं । यो साता लगातार नयाँनयाँ रेकर्ड कायम गर्दै बढिरहेको सुनको भाउ शुक्रबार ह्वात्तै घट्यो । नेपाली बजारमा बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यसको दोस्रो दिन शुक्रबार नै तोलामा २० हजार पाँच सय रुपैयाँले नै घटेर तीन लाख १८ हजार ८०० मा झरेको थियो । सुनचाँदीको भाउमा यसरी तलमाथि हुने प्रक्रियामा नेपाली बजारको मात्रै भूमिका हुँदैन । यसको अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म सुनको भाउ प्रतिऔँस पाँच हजार छ सय डलरसम्म पुगेको थियो । शुक्रबार त्यो झरेर चार हजार ८९५ डलरसम्म पुगेको…
Read More
अर्घाखाँचीमा टिपरको ठक्कर, एक जनाको ज्यान गयो

अर्घाखाँचीमा टिपरको ठक्कर, एक जनाको ज्यान गयो

अर्घाखाँची । सालझण्डी, सन्धिखर्क– ढोरपाटन सडकखण्डमा पर्ने अर्घाखाँचीको सन्धिखर्क– ९ टारीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी– ५ का ३२ वर्षीय उमेश खत्री छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवश जिसीका अनुसार हंसपुरबाट टारीतर्फ आउँदै गर्दा लु। १क ५१३३ नम्बरको टिपरले ठक्कर दिएको थियो । पैदल यात्रा गरिरहेका खत्रीलाई शुक्रबार साँझ टिपरले ठक्कर दिएको होे । घटनापछि टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको डीएसपी जिसीले जानकारी दिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.